+

क्यानडा क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

२०८३ जेठ  १८ गते १६:५९ २०८३ जेठ १८ गते १६:५९
क्यानडा क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सदस्यीय दायित्वको गम्भीर उल्लङ्घन गरेको भन्दै क्यानडाको क्रिकेट बोर्डलाई तत्काल प्रभाव रहने गरी निलम्बन गरेको छ ।
  • निलम्बन अवधिमा पनि क्यानडाका राष्ट्रिय टोलीहरू खेलाडीको हितलाई ध्यानमा राख्दै आईसीसीका प्रतियोगिताहरूमा सहभागी हुन पाउने भएका छन् ।
  • क्यानडा क्रिकेटले प्रशासनिक तथा सुशासनसम्बन्धी समस्याहरू समाधान गरी आईसीसीले तोकेका शर्तहरू पूरा गरेपछि मात्र सदस्यता पुनर्बहाली हुनेछ ।

१७ जेठ, काठमाडौं । क्यानडा क्रिकेट बोर्ड निलम्बनमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सदस्यीय दायित्वको गम्भीर उल्लंघन गरेको भन्दै क्यानडाको क्रिकेट बोर्डलाई तत्काल प्रभाव हुने गरी सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

आईसीसी बोर्डले निलम्बनको निर्णय गर्दा क्यानडाका खेलाडीहरूको हितलाई ध्यानमा राखिएको जनाएको छ । त्यसैले निलम्बन अवधिमा पनि क्यानडाका राष्ट्रिय टोलीहरू आईसीसीका प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

राष्ट्रिय टोलीको कार्यक्रम सञ्चालन र विकासका लागि क्यानडा क्रिकेटले आईसीसीको आर्थिक सहयोग भने प्राप्त गर्न सक्नेछ । तर उक्त रकम आईसीसीको प्रत्यक्ष निगरानीमा स्वीकृत राष्ट्रिय टोलीका कार्यक्रमहरूमा मात्र प्रयोग गर्न पाइनेछ ।

आईसीसीले क्यानडा क्रिकेटलाई पुनर्बहालीका लागि आवश्यक शर्तहरू पनि दिएको छ । ती शर्तहरू प्रशासनिक तथा सुशासनसम्बन्धी समस्याहरू समाधान गर्न केन्द्रित रहनेछन् ।

शर्तहरूको कार्यान्वयन प्रगतिलाई आईसीसीको नर्मलाइजेसन कमिटी र व्यवस्थापन टोलीले अनुगमन गर्नेछ । सबै शर्त पूरा भएकोमा बोर्ड सन्तुष्ट भएपछि मात्र क्यानडा क्रिकेटको सदस्यता पुनर्बहाल गरिने आईसीसीले जनाएको छ ।

क्यानडामा अब आईसीसी क्रिकेट विश्वकप लिग २ को महत्त्वपूर्ण शृङ्खला पनि आयोजना हुँदैछ । केही समयअघि मात्र क्यानडको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका थिए ।

आईसीसीको निलम्बन क्यानडा क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय