News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ का लागि उरुग्वेका मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले आइतबार राति टोली घोषणा गरेका छन् ।
- घोषित टोलीमा कप्तान फेडेरिको भाल्भेर्डे, डिफेन्डर जोसे मारिया जिमेनेज र गोलकिपर फर्नान्डो मुस्लेरा परेका छन् ।
- चोटबाट फर्किएका मिडफिल्डर जियोर्जियन डे अरास्काएता पनि उरुग्वेको टोलीमा समावेश भएका छन् ।
१८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि उरुग्वेको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले आइतबार राति टोली घोषणा गरेका हुन् ।
टोलीमा कप्तान तथा मिडफिल्डर फेडेरिको भाल्भेर्डे, अनुभवी डिफेन्डर जोसे मारिया जिमेनेज र गोलकिपर फर्नान्डो मुस्लेरा समावेश छन् ।
त्यसैगरी चोटबाट फर्किएका मिडफिल्डर जियोर्जियन डे अरास्काएता पनि टोलीमा परेका छन्।
उरुग्वे समूह चरणमा उत्कृष्ट तयारीसहित विश्वकप २०२६ मा प्रतिस्पर्धा गर्नेछ ।
उरुग्वेको टोली
गोलकिपर : सान्टियागो मेले, फर्नान्डो मुस्लेरा, सर्जियो रोचेत
डिफेन्डर : रोनाल्ड अराउजो, सान्टियागो बुएनो, सेबास्टियन कासेरेस, जोसे मारिया जिमेनेज, माथियास ओलिभेरा, जोआक्विन पिक्वेरेज, गुइलर्मो भारेला, माथियास भिना
मिडफिल्डर : म्याक्सिमिलियानो अराउजो, जियोर्जियन डे अरास्काएता, रोड्रिगो बेन्टान्कुर, अगुस्टिन कानोबियो, निकोलास डे ला क्रुज, एमिलियानो मार्टिनेज, फाकुन्डो पेलिस्त्री, ब्रायन रोड्रिगेज, जुआन म्यानुअल सानाब्रिया, म्यानुएल उगार्टे, फेडेरिको भाल्भेर्डे, रोड्रिगो जालाजार
फरवार्ड : रोड्रिगो अगिरे, फेडेरिको भिनास, डार्विन नुनेज
प्रतिक्रिया 4