News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती स्तरिय पहिलो एम्प्युटी फुटबल प्रतियोगितामा कर्णाली प्रदेश पहिलो भएको छ।
- प्रतियोगितामा कर्णाली अपराजित रहँदै ४ अंक जोडेर पहिलो भएको हो ।
- कर्णालीले रु २५ हजार, ट्रफी र गोल्ड मेडल प्राप्त गरेको छ ।
२ जेठ, काठमाडौं । निर्मला फाउण्डेसनको आयोजनामा भएको बागमती स्तरिय पहिलो एम्प्युटी फुटबल प्रतियोगिता २०८३ मा कर्णाली टिम पहिलो भएको छ ।
काठमाडौंको हाइवे फुटसल खेल मैदानमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा कर्णाली प्रदेश पहिलो, गण्डकी प्रदेश दोस्रो र बागमती प्रदेश तेस्रो भयो ।
तीन टोली सहभागि प्रतियोगिताको खेलहरु राउण्ड रोविन लिगको आधारमा भएको थियो । जहाँ कर्णालीले गण्डकीलाई पराजित गर्दा बागमतीसँग बराबरी खेलेको थियो । कर्णाली अपराजित रहँदै ४ अंक जोड्यो । गण्डकीसँग पनि बराबरी खेलेको बागमती २ अंकसहित दोस्रो भएको हो । गण्डकी १ अंकसहित तेस्रो भयो ।

कर्णालीले नगद रु २५ हजार सहित ट्रफी र गोल्ड मेडल, गण्डकीले रु १५ हजार र बागमतीले १० हजार प्राप्त गरे ।
कर्णालीका सुदिप चापागाई सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित भए । कर्णालीका चेत नारायण खनाल उत्कृष्ट गोलकिपर घोषित भए । विजेताहरुलाई एन्फाका उपाध्यक्ष विराट जंग शाहीले ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरे ।
प्रतिक्रिया 4