News Summary
Generated by OK AI. Editorially reviewed.- एम्प्युटी फुटबल प्रशिक्षक चक्र तामाङलाई एम्प्युटी खेलकुद समाज नेपालले सम्मान गरेको छ।
- सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद सदस्य सुवर्ण श्रेष्ठले तामाङलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिन्।
- तामाङले २०७४ सालदेखि नेपाली एम्प्युटी फुटबल टिमलाई प्रशिक्षण दिँदै आएका छन् र आगामी दिनमा विकासमा निरन्तर योगदान दिने बताए।
६ फागुन, काठमाडौं । नेपाली एम्प्युटी फुटबल विकासमा योगदान पुर्याएका प्रशिक्षक चक्र तामाङलाई सम्मान गरिएको छ ।
विश्व एम्प्युटी फुटबल महासंघ र फिफाको सहयोगमा तथा एम्प्युटी खेलकुद समाज नेपालको आयोजनामा एम्प्युटी फुटबल च्याम्पियनसिप–२०८२ को समापन अवसरमा प्रशिक्षक चक्र तामाङलाई एम्पुटी खेलकुद समाज नेपालले सम्मानित गरेको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद कार्यसमिति सदस्य सुवर्ण श्रेष्ठले प्रशिक्षक तामाङलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिन् ।
प्रशिक्षक तामाङले स्थापनकालदेखि (२०७४साल) नेपाली एम्प्युटी फुटबल टिमलाई प्रशिक्षण गराउदै आएका छन् । उनले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गरिसकेका छन् ।
तामाङले सम्मानपछि एम्प्युटी फुटबलको विकासमा अझै योगदान निरन्तर दिने बताए । उनले एम्प्युटी खेलकुद समाज नेपाल परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा निरन्तर नेपालमा एम्प्युटी फुटबल विकासका लागि सधै अग्रसर रहने बताए ।
नेपाल एम्प्युटी फुटबल राष्ट्रिय टिमले बंगलादेशको ढाकामा सन् २०२५ मा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगिता (एसियन एम्प्युटी च्याम्पियनसिप)मा समेत सहभागिता जनाउँदा तामाङ नै टिमको प्रशिक्षक थिए ।
प्रतिक्रिया 4