२ जेठ, काठमाडौं । डा. इशान पाण्डेले लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा आज डेब्यु गरेका छन् ।
खेल सुरु हुनअघि नै उनलाई करण केसीले डेब्यू क्याप प्रदान गरेका हुन् ।
यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् ।
घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।
आजको खेलमा यसअघिको टोलीमा रहेका विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी भने बेन्चमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4