News Summary
Generated by OK AI. Editorially reviewed.- एन्ड्रोइडले क्विक सेयरलाई एप्पलको एइरड्रपसँग मिल्दोजुल्दो बनाउँदै फाइल सेयरिङ र डिभाइस स्विचलाई सहज र सुरक्षित बनाएको छ।
- यो सुविधा सुरुमा पिक्सेल फोनहरूमा उपलब्ध हुनेछ र यस वर्ष सामसुङ, ओप्पो, वनप्लस, भिभो, शाओमी र अनर फोनहरूमा विस्तार गरिनेछ।
- गुगलले एन्ड्रोइड र आईओएस बीच आरसीएस म्यासेजहरूमा 'एन्ड-टु-एन्ड इन्क्रिप्सन' लागू गर्ने तयारी गरिरहेको छ।
१ जेठ, काठमाडौं । एन्ड्रोइडले आफ्ना प्रयोगकर्ताहरूका लागि फाइल सेयरिङ र डिभाइस स्विच गर्ने प्रक्रियालाई थप सहज र सुरक्षित बनाउन केही महत्त्वपूर्ण अपडेटहरू सार्वजनिक गरेको छ।
अब एन्ड्रोइड र आईफोन प्रयोगकर्ताहरू बीच फाइल आदानप्रदान गर्दा हुने झन्झटलाई कम गर्न ‘क्विक सेयर’ लाई एप्पलको ‘एइरड्रप’ सँग मिल्दोजुल्दो बनाइएको छ। यो सुविधा सुरुमा पिक्सेल फोनहरूमा उपलब्ध हुनेछ भने यसै वर्ष सामसुङ, ओप्पो, वनप्लस, भिभो, शाओमी र अनर जस्ता अन्य साझेदार कम्पनीका फोनहरूमा पनि विस्तार गरिनेछ।
यदि तपाईँसँग यो सुविधा सपोर्ट नगर्ने डिभाइस छ भने पनि क्विक सेयरमार्फत क्युआर कोड जेनेरेट गरी क्लाउडको माध्यमबाट आईफोनमा फाइलहरू पठाउन सकिनेछ। यो फिचर आजैदेखि रोलआउट हुन थालेको छ र आउँदो एक महिनाभित्र सबै एन्ड्रोइड फोनहरूमा उपलब्ध हुनेछ। साथै, गुगलले ह्वाट्सएप जस्ता लोकप्रिय एपहरूभित्रै पनि क्विक सेयरको सुविधा थप्ने तयारी गरिरहेको छ।
एप्पलसँगको सहकार्यमा आईफोनबाट स्विच टु एन्ड्रोइडलाई पनि पूर्ण रूपमा सुधार गरिएको छ। अब प्रयोगकर्ताले आफ्ना पासवर्ड, फोटो, म्यासेज, कन्ट्याक्ट, मनपर्ने एपहरू र होमस्क्रिनको लेआउटसमेत तारबिना सार्न सक्नेछन्। यस प्रक्रियाले ‘eSIM’ ट्रान्सफरलाई पनि सपोर्ट गर्नेछ, जुन सुरुमा सामसुङ ग्यालेक्सी र गुगल पिक्सेल डिभाइसहरूमा उपलब्ध गराइनेछ।
सुरक्षाको दृष्टिकोणले पनि यो अपडेट निकै महत्त्वपूर्ण मानिएको छ। दैनिक औसत २.५ अर्ब आरसीएस सन्देशहरू पठाइने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गुगलले अब एन्ड्रोइड र आईओएस बीच हुने आरसीएस म्यासेजहरूमा पनि ‘एन्ड-टु-एन्ड इन्क्रिप्सन’ लागू गर्ने भएको छ।
प्रतिक्रिया 4