News Summary
Generated by OK AI. Editorially reviewed.- एन्ड्रोइडले 'जेमिनी इन्टेलिजेन्स' नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ जसले स्मार्टफोनलाई व्यक्तिगत सहायकमा रूपान्तरण गर्नेछ।
- जेमिनीले एपहरू बीच तालमेल मिलाएर जटिल कार्यहरू अटोमेट गर्ने, र्याम्बलरले स्पष्ट सन्देश तयार गर्ने र क्रोममा स्मार्ट ब्राउजिङ सुविधा दिनेछ।
- यो फिचर ग्यालेक्सी एस २६ र पिक्सेल १० सिरिजबाट सुरु हुँदै वर्षको अन्त्यसम्म स्मार्टवाच, गाडी, चस्मा र ल्यापटपमा पनि उपलब्ध हुनेछ।
एन्ड्रोइडले आफ्नो अहिलेसम्मकै सबैभन्दा एड्भान्स एआई फिचर ‘जेमिनी इन्टेलिजेन्स’ सार्वजनिक गरेको छ ।
यसले स्मार्टफोन चलाउने तरिकालाई पूर्ण रूपमा बदल्ने वाचा गरेको छ। विशेषगरी सामसुङ ग्यालेक्सी एस २६ र पिक्सेल १० सिरिजबाट सुरु हुने यो प्रविधिले प्रयोगकर्ताको डिभाइसलाई केवल एउटा साधन मात्र नभई एउटा व्यक्तिगत सहायकमा रूपान्तरण गर्नेछ ।
१. जटिल कार्यहरूलाई ‘अटोमेट’ गर्नुहोस्
जेमिनी इन्टेलिजेन्सको सबैभन्दा ठूलो विशेषता भनेको विभिन्न एपहरू बीच तालमेल मिलाएर काम गर्नु हो । प्रयोगकर्ताहरूले झन्झटिलो मान्ने धेरै चरणका कामहरू यसले एकै पटकमा गरिदिन्छ।
कसरी प्रयोग गर्ने ?
एप नेभिगेसन: यसले केवल आवाजको भरमा जिमको क्लास बुकिङ गर्ने वा जिमेलबाट आफ्नो पाठ्यक्रम खोजेर आवश्यक पुस्तकहरू सपिङ कार्टमा थप्न लगाउन सघाउँछ ।
स्क्रिन सन्दर्भको प्रयोग : यदि प्रयोगकर्ताको ‘Notes’ एपमा सपिङ लिस्ट छ भने, पावर बटन थिचेर जेमिनीलाई ती सामानहरू अनलाइन डेलिभरीका लागि अर्डर गर्न सकिन्छ ।
फोटोबाट एक्सन : बाटोमा कुनै भ्रमणको ब्रोसर देखिएमा त्यसको फोटो खिचेर “एक्सपिडियामा यस्तै प्याकेज खोज” भनेको अवस्थमा जेमिनीले ब्याकग्राउन्डमा सबै काम गरेर नोटिफिकेसनमार्फत अपडेट गरिदिन्छ ।
२. ‘र्याम्बलर’ मार्फत सफा र स्पष्ट सन्देश पठाउनुहोस्
प्रयोगकर्ताहरूले बोलेका शब्दहरूलाई ‘र्याम्बलर’ फिचरले सुन्छ र त्यसबाट मुख्य कुरा मात्र निकालेर एउटा उत्कृष्ट सन्देश तयार पारिदिन्छ।
बहुभाषिक क्षमता : यसले एकै पटकमा धेरै भाषाहरू बुझ्न सक्छ। यदि नेपाली र अंग्रेजी मिसाएर बोलेको अवस्थमा पनि यसले सन्दर्भ बुझेर स्पष्ट टेक्स्टमा रूपान्तरण गरिदिन्छ।
गोपनीयता : यसले प्रयोगकर्ताको आवाज स्टोर गर्दैन, केवल रियल-टाइममा ट्रान्सक्राइब मात्र गर्छ।
३. ‘क्रिएट माइ विजेट’ बाट आफ्नै ड्यासबोर्ड बनाउनुहोस्
एन्ड्रोइडको पहिचान भनेकै यसको कस्टमाइजेसन हो । प्रयोगकर्ताले अब आफ्नो आवश्यकता अनुसारको विजेट आफैँ वर्णन गरेर बनाउन सक्छन्।
उदाहरणका लागि यदि हरेक हप्ता नयाँ रेसिपी आवश्यक पर्छ भने जेमिनीलाई “मलाई हरेक हप्ता ३ वटा उच्च प्रोटिनयुक्त रेसिपी सुझाव दिने विजेट बनाइदेऊ” भन्न सकिन्छ ।
पर्सनलाइज्ड वेदर : साइकल चालकहरूका लागि हावाको गति र वर्षाको मात्र विवरण देखाउने छुट्टै मौसम विजेट बनाउन सकिन्छ।
४. क्रोममा स्मार्ट ब्राउजिङ र अटोफिल
जुन महिनाको अन्त्यदेखि एन्ड्रोइडमा क्रोम ब्राउजिङ सहायक उपलब्ध हुनेछ। यसले अनलाइन सामग्रीको सारांश निकाल्न, विभिन्न उत्पादनहरूको तुलना गर्न र फारमहरू भर्न मद्दत गर्नेछ।
फम फिलिङ : विभिन्न कनेक्टेड एपहरूबाट जानकारी लिएर यसले मोबाइलको सानो स्क्रिनमा जटिल फमहरू ‘सिंगल ट्याप’मा भरिदिनेछ। यो पूर्ण रूपमा ‘अप्ट-इन’ (Opt-in) फिचर हो, अर्थात् प्रयोगकर्ताले चाहेमा मात्र यसलाई अन गर्न सकिन्छ ।
५. नयाँ डिजाइन भाषा: मटेरियल ३ एक्सप्रेसिभ
जेमिनी इन्टेलिजेन्ससँगै एन्ड्रोइडको भिजुअल डिजाइनमा पनि परिवर्तन गरिएको छ। ‘मटेरियल ३ एक्सप्रेसिभ’ ले डिभाइसलाई अझ सुन्दर बनाउनुका साथै प्रयोगकर्ताको ध्यान नभड्किने गरी काममा फोकस गर्न मद्दत गर्दछ।
प्रयोगकर्ताका लागि सुझाव:
१. नियन्त्रण प्रयोगकर्ताको हातमा: जेमिनीले प्रयोगकर्ताको कमान्ड बिना कुनै काम गर्दैन । प्रयोगकर्ताले कुनै पनि बेला यसलाई रोक्न सक्छन् र अन्तिम कन्फर्मेसन पनि प्रयोगकर्ताले नै दिनुपर्छ ।
२. सेटिंग्स चेक : अटोफिल र पर्सनल इन्टेलिजेन्स जस्ता सुविधाहरू प्रयोग गर्न सेटिङमा गएर यसलाई सक्रिय गर्न सकिन्छ।
३. प्राइभेसीको चिन्ता लिनुपर्दैन : प्रयोगकर्ताको डाटा सुरक्षित राख्न र डिभाइस भित्रै प्रोसेसिङ गर्न गुगलले उच्च प्राथमिकता दिएको छ।
जेमिनी इन्टेलिजेन्स ग्यालेक्सी र पिक्सेल फोनहरूमा आउनेछ भने यस वर्षको अन्त्यसम्ममा स्मार्टवाच, गाडी, स्मार्ट चस्मा र ल्यापटपहरूमा पनि उपलब्ध हुनेछ।
प्रतिक्रिया 4