+
+
Shares

अदालतमा पेश भएका निवेदन अस्वीकृत भएकोमा बारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतमा पेश भएका निवेदन दर्ता नगरेको भन्दै ध्यानाकर्षण गराएको छ।
  • बारले निवेदनहरू दर्ता नगरी दरपीठ गर्ने कामलाई न्यायमा अवरोध भनेको छ।
  • बारले निवेदनहरू तत्काल दर्ता गर्न र दरपीठ विरुद्धको निवेदनको निकास दिन माग गरेको छ।

३० वैशाख, काठमाडौं । अदालतमा पेश भएको निवेदन दर्ता नगरेको भन्दै नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ ।

नेपाल बार एसोसिएशनले बुधबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि सर्वोच्चमा पेश भएका निवेदनहरू दरपीठ गर्ने, त्यसविरुद्ध परेका निवेदनहरू दर्ता गर्न अस्वीकार गर्ने काम भएको भन्दै बारले प्रश्न उठाएको हो ।

सर्वोच्च अदालत प्रशासनले कतिपय निवेदनहरुमा दर्ता र दरपीठ दुवै नगरी मौनता साँधेको भन्दै बारले त्यसलाई न्यायमा अवरोध भनी टिप्पणी गरेको छ ।

उसले निवेदनहरू तत्काल दर्ता गर्न र दरपीठ विरुद्धको निवेदनको निकास दिन माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?