+
+
Shares

रोयल इनफिल्डको ‘रेन्टल पार्टनर मिट’ सम्पन्न, दुईपाङ्ग्रे पर्यटन प्रवर्द्धन लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोयल इनफिल्ड नेपालले दुई पाङ्ग्रे पर्यटन प्रवर्द्धनका लागि रेन्टल पार्टनर मिट आयोजना गरेको छ।
  • कार्यक्रममा ४० मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, रोयल इनफिल्ड भारतका प्रतिनिधि र अल्फा अटोमोटिभका कर्मचारी सहभागी थिए।
  • सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव र व्यावसायिक दिगोपनाका समस्याबारे धारणा राखेका थिए।

३० वैशाख, काठमाडौं । नेपालमा दुई पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रोयल इनफिल्ड नेपालले रेन्टल पार्टनर मिट सम्पन्न गरेको छ।

ग्वार्कोस्थित रोयर टुलिपमा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवाला सहभागी भएका थिए।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ४० मोटरसाइकल रेन्टल कम्पनीका सञ्चालक, रोयल इन्फिल्ड भारतका प्रतिनिधि तथा अल्फा अटोमोटिभका कर्मचारीहरूको सहभागिता थियो ।

कार्यक्रममा नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटन क्षेत्रका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरिएको थियो । सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव तथा व्यावसायिक दिगोपनासम्बन्धी समस्याबारे धारणा राखेका थिए। साथै, सरकारी निकायसमक्ष साझा सुझाव प्रस्तुत गर्न उद्योगबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा वक्ताहरूले दुई पाङ्ग्रे पर्यटनमार्फत नेपालमा विदेशी पर्यटक भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए । उनीहरूले नेपाललाई एडभेन्चर मोटरसाइकलिङको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न पनि यो क्षेत्र महत्त्वपूर्ण हुने उल्लेख गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?