+
+
Shares

रोयल इनफिल्डको गोवन क्लासिक-३५० मोटरसाइकल नेपालमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोयल इनफिल्डले नेपालमा २०२६-एडिसन गोवन क्लासिक ३५० मोटरसाइकल सार्वजनिक गरेको छ।
  • यो मोटरसाइकलमा ३४९ सीसी एयर आयल कुल्ड सिंगल सिलिन्डर इन्जिन र ५-स्पिड गियरबक्स छ।
  • मोटरसाइकल दुई मूल्य भेरियन्टमा उपलब्ध छ, स्याक ब्ल्याक एन्ड पर्पल हेज ५ लाख ९८ हजार र ट्रिप टिल एन्ड रेभरेड ६ लाख २ हजार रुपैयाँमा।

२ वैशाख, काठमाडौं । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी रोयल इनफिल्डले नेपालमा २०२६-एडिसन गोवन क्लासिक ३५० सार्वजनिक गरेको छ।

बोबर–इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर–केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

नयाँ मोडलमा ३४९ सीसी एयर आयल कुल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपीएममा मा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ।

कम्पनीका अनुसार यो इन्जिनलाई लेडब्याक बोबर स्टाइल अनुरूप स्मुथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ। ‘यसको ५–स्पिड गियरबक्सले शहरको भीडभाड देखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘मोटरसाइकलमा नयाँ एसिस्ट एन्ड स्लिपर क्लच अपग्रेड गरिएको यूएसबी टाइप सी चार्जिङ पोर्ट तथा डाउनसिफ्टमा उत्कृष्ट नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ।’

यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ। डिजाइनतर्फ यसले आफ्नो सिग्नेचर सिंगल सिट बोबर स्टाइलिङ कायम राखेको छ ।

लन्चका अवसरमा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरू माझ यो मोडल विशेष आकर्षक हुने विश्वास व्यक्त गरे। उनका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्रान्डको लाइन अपमा फरक पहिचान बनाउनेछ।

यो मोडल नेपालभरिका सबै आधिकारिक रोयल इनफिल्डको शोरुमहरुमा उपलब्ध हुनेछ । दुई मूल्य भेरियन्टमा मोटरसाइकल उपलब्ध रहनेछ । स्याक ब्ल्याक एन्ड पर्पल हेजको मूल्य ५ लाख ९८ हजार रुपैयाँ तथा ट्रिप टिल एन्ड रेभरेडमा ६ लाख २ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?