+
+
Shares

बेलायती विद्यार्थीले बुझे नेपाली स्टार्टअपको व्यावसायिक रणनीति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १०:५६

एट योर सर्भिस अर्थात् एटीएस नेपाल नामक एक स्टार्टअपको व्यावसायिक रणनीति अध्ययन गर्न लन्डन बिजनेस स्कुलका विद्यार्थीहरू नेपालमा आएर फर्केका छन् । बेलायतमा अवस्थित बिजनेस स्कुलमा स्नातक तह अध्ययनरत ६ जना विद्यार्थीहरू ५ दिने भ्रमणका लागि नेपाल आएका थिए ।

भ्रमणका क्रममा उनीहरूले एटीएस नेपालको कार्यालय भ्रमण गर्नुका साथै महत्त्वपूर्ण छलफलहरू गरेका थिए । कम्पनीका सहसंस्थापक मध्येका एक विजय कँडेलका अनुसार बेलायती विद्यार्थीहरूले यो स्टार्टअपले देशलाई आवश्यक पर्ने डेटामा महत्त्वपूर्ण सहयोग गर्न सक्ने बताएका थिए ।

विद्यार्थीहरूले विकसित देशहरूको मूल्यवान वस्तु डेटा हुँदै गएकाले त्यो सम्भावना पनि यो कम्पनीले बोकेको विद्यार्थीहरूको भनाइ थियो । त्यस्तै पार्किङको समस्या र दूर्घटनामा घाइते/मृतक पहिचानमा पनि यो कम्पनीले सरकारलाई सहयोग गर्न सक्ने विद्यार्थीहरूले प्रतिक्रिया दिएका थिए ।

स्नातक तहको अन्तिम वर्षका विद्यार्थीहरू शैक्षिक अनुसन्धानका लागि नेपाल आएका थिए । उनीहरूले अध्ययन गरेको एटीएस सवारी सुरक्षा सम्बन्धी एक स्टार्टअप हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?