News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटमा सोमराज तामाङ र सूर्यमान तामाङ नामका दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला परेका छन्।
- प्रहरी नायव उपरीक्षक बिक्रम लामाका अनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र शव फेला परेको हो।
- घटनाको अनुसन्धान भइरहेको र हत्यामा संलग्नहरूको खोजी कार्य जारी रहेको डीएसपी लामाले बताए।
३० वैशाख, नुवाकोट । नुवाकोटमा हत्या गरिएको अवस्थामा दुई जना दाजुभाइको शव फेला परेका छ ।
नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) बिक्रम लामाका अनुसार बुधबार दिउँसो ४ बजे खोलाको छाँगोभित्र दाजुभाइको शव फेला परेको छ ।
घटनाको प्रकृति हेर्दा दाजु-भाइमाथि पुरानो रिसिइबी साँधेर गोली हानी हत्या गरेको जस्तो देखिन्छ । तर गोली नै प्रहार भएको भन्नेबारे यकिन साथ भन्न सकिने अवस्था नरहेको लामाले अनलाइनखबरलाई बताए ।
मृत फेला पर्नेमा म्यागङ गाउँपालिका-४ किम्ताङ गाउँका ४१ वर्षिय सोमराज तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ रहेका छन् । सोमराज र सूर्यमान दाजु-भाइ हुन् ।
लामाका अनुसार बुधबार बिहान तामाङ दाजुभाइ बेपत्ता भएको भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल तर्फ गएको थियो ।
खोजतलास र अनुसन्धान गर्दा बुधबार दिउँसो ४ बजेमात्रै खोलाको छाँगोभित्र दाजुभाइको शव फेला पारेको उनले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको र हत्यामा संलग्नहरूको खोजी कार्य जारी रहेको डीएसपी लामाले बताएए ।
प्रतिक्रिया 4