News Summary
Generated by OK AI. Editorially reviewed.- बोस्निया एन्ड हर्जगोभिनाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।
- टोलीमा ४० वर्षीय भेट्रान फरवार्ड एडेन जेको समावेश गरिएको छ जसले बोस्नियालाई १२ वर्षपछि विश्वकपमा पुर्याएको छ।
- बोस्नियाले समूह बी मा सहआयोजक क्यानडा, स्वीटजरल्यान्ड र कतारसँग खेल्नेछ।
२९ वैशाख, काठमाडौं । जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त आयोजना हुने फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र बोस्निया एन्ड हर्जगोभिनाले अन्तिम टोली घोषणा गरेको छ।
बोस्नियाका मुख्य प्रशिक्षक सर्जेज बार्बारेजले सोमबार आयोजित पत्रकार सम्मेलनमा २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
बोस्नियाले प्रारम्भिक टोली घोषणा नगरी सीधै अन्तिम टोली घोषणा गरेको हो ।
फिफा विश्वकप २०२६ खेल्ने टोलीले जुन २ तारिकसम्म आफ्नो आधिकारिक अन्तिम टोलीको लिस्ट फिफामा बुझाइसक्नुपर्नेछ ।
बोस्नियाले ४० वर्षीय भेट्रान फरवार्ड एडेन जेकोलाई समावेश गरेको छ । जेकोकै उत्कृष्ट प्रदर्शनमा बोस्निया १२ वर्षपछि फिफा विश्वकपमा छनोट भएको हो । बोस्नियाले युरोपियन प्लेअफमा ४ पटकको विजेता इटलीलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।
समूह बी मा रहेको बोस्नियाले समूह चरणमा सहआयोजक क्यानडासँगै स्वीटजरल्यान्ड र कतारसँग खेल्नेछ ।
बोस्नियाको २६ सदस्यीय अन्तिम टोली
गोलकिपर : निकोला भासिल, मार्टिन ज्लोमिस्लिक, ओसमान हाडजिकिच
डिफेन्डर: साद कोसानलिक, अमर डेडिक, निहाद मुजाकिक, निकोला काटिक, तारिक मुहारेमोभिक, स्टेपान राडेजिक, डेनिस हाड्जिकाडुनिक, निदाल सेलिक
मिडफिल्डर: अमिर हाड्जिएहमेटोभिक, इभान सुनजिक, इभान बासिक, डेनिस बुर्निक, एर्मिन माहमिक, बेन्जामिन तिहरोभिक, अमर मेमिक, अर्मिन गिगोभिक
फरवार्ड: केरिम हल्जबेगोभिक, इस्मिर बाज्राकतारेभिक, एर्मेदिन डेमिरोभिक, जोभो लुकिक, समिद बाज्दर, हरिस ताबाकोभिक, एडेन जेको।
प्रतिक्रिया 4