News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालय टेलिभिजन नेटवर्कले नयाँ \'हिमालय स्पोर्ट्स\' च्यानलको औपचारिक घोषणा गरेको छ।
- हिमालय टेलिभिजनले फिफा विश्वकप २०२६ को विशेष प्रसारण अधिकार प्राप्त गरेको छ।
- नेपालमा फिफा विश्वकप प्रत्यक्ष प्रसारणका लागि हिमालय स्टोर्ट्सले एस प्रो मिडियासँग सम्झौता गरेको छ।
२५ वैशाख, काठमाडौं । नेपालको प्रतिष्ठित सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्कले ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरेको छ ।
शुक्रबार साँझ राजधानीमा आयोजित विशेष कार्यक्रम बीच ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरिएको हो । त्यस्तै, फिफा विश्वकप २०२६ को विशेष प्रसारण अधिकार पनि हिमालय टेलिभिजनले प्राप्त गरेको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकपको प्रसारणका लागि हिमालय स्पोर्ट्स र ‘डीगो एप’बीच सम्झौता पनि भएको छ । नेपालका लागि एस प्रो मिडियाले फिफा विश्वकपको प्रसारण अधिकार प्राप्त गरेको छ ।
सोही कम्पनीमार्फत हिमालय स्पोर्ट्सले नेपालमा विश्वकप प्रत्यक्ष प्रसारण गर्नेछ ।
यो कदमले नेपाली खेलकुद भविष्यको नयाँ बाटो कोरिने विश्वास हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले व्यक्त गरे । ‘फिफा विश्वकप प्रसारणको अधिकार प्राप्त गर्न पाउँदा गर्व महसुस भएको छ’ उनले औपचारिक घोषणाका क्रममा भने ।
त्यस्तै, हिमालय स्पोर्ट्सका सीईओ सुरज गिरीले यो कदम नेपाली खेलकुदमा ऐतिहासिक छलाङ भएको टिप्पणी गरे ।

















प्रतिक्रिया 4