News Summary
Generated by OK AI. Editorially reviewed.- टर्किएले २४ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ ।
- मंगलबार राति भएको युरोपियन प्लेअफमा कोसोभोलाई पराजित गर्दै टर्किएले विश्वकप यात्रा तय गरेको हो ।
- टर्किएले समूह सी मा अमेरिका, अष्ट्रेलिया र पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
१८ चैत, काठमाडौं । युरोपेली राष्ट्र टर्किए २४ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ ।
मंगलबार राति भएको युरोपियन प्लेअफमा कोसोभोलाई १-० ले पराजित गर्दै टर्किए सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकपका छनोट भएको हो ।
टर्कीएले पछिल्लो पटक सन् २००२ मा एसियाली राष्ट्र जापान र दक्षिण कोरियामा भएको विश्वकप खेलेको थियो । त्यसबेला टर्किए तेस्रो भएको थियो ।
तर त्यसपछि पाँच संस्करणमा छनोट हुन असफल भएको टर्किएले यस पटक प्लेअफको हुँदै विश्वकपको यात्रा तय गरेको छ ।
टर्किएलाई विश्वकप पुर्याउन केरेम अर्टुकोग्लुले ५३औं मिनेटमा गोल गरे ।
चार वर्षअघि पनि विश्वकप नजिक पुगेपनि टर्किए प्लेअफ सेमिफाइनलमा पोर्चुगलसँग पराजित भएको थियो ।
कोसोभोको पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्य भने पूरा हुन सकेन ।
टर्कीएले अब विश्वकपमा समूह सी सह-आयोजक अमेरिकासँगै अष्ट्रेलिया, पाराग्वेसँग खेल्नेछ ।
प्रतिक्रिया 4