+

टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता गर्ने आईसीसीको तयारी

२०८३ जेठ  १८ गते १७:१६ २०८३ जेठ १८ गते १७:१६
टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता गर्ने आईसीसीको तयारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी बोर्ड बैठकले आगामी पुरुष टी–२० विश्वकपका लागि १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
  • यस नयाँ व्यवस्थाले क्षेत्रीय छनोट पार गरेर टोलीहरू सिधै विश्वकपमा पुग्ने साविकको प्रावधानलाई परिवर्तन गर्नेछ ।
  • आईसीसी व्यवस्थापनलाई यस प्रतियोगिताको संरचना र छनोट प्रक्रियालाई अन्तिम रूप दिई आगामी बैठकमा पेश गर्न निर्देशन दिइएको छ ।

१८ जेठ, काठमाडौं । आईसीसीको बोर्ड बैठकबाट आगामी आईसीसी पुरुष टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर आयोजना गर्ने प्रस्ताव स्वीकृत भएको छ ।

आईसीसी व्यवस्थापनलाई १६ टोली सहभागी हुने ग्लोबल क्वालिफायरको प्रतियोगिता संरचना र छनोट प्रक्रिया अन्तिम रूप दिन निर्देशन दिइएको छ ।

तयार पारिएको प्रस्ताव आगामी आईसीसी बैठकमा सम्बन्धित समितिहरूसमक्ष छलफल र स्वीकृतिका लागि पेश गरिनेछ ।

यस निर्णयसँगै टी–२० विश्वकपमा स्थान बनाउन विभिन्न क्षेत्रीय छनोट प्रतियोगिताबाट आएका टोलीहरूका लागि छुट्टै ग्लोबल क्वालिफायर आयोजना गर्ने बाटो खुलेको छ ।

यसअघिका दुई संस्करणमा क्षेत्रीय छनोटबाट टोलीहरू सिधै छनोट भएका थिए । नेपालले सन् २०२६ का लागि एसिया-ईएपी छनोट पार गरेर विजेताका रूपमा विश्वकपमा स्थान बनाएको थियो ।

त्यसअघि सन् २०२४ का लागि पनि एसिया क्षेत्रीय छनोट पार गरेर नेपाल विश्वकपमा छनोट भएको थियो । पछिल्लोपटक सन् २०२२ को टी-२० विश्वकपका लागि भने ग्लोबल छनोट आयोजना भएको थियो ।

सन् २०२२ का लागि भएको छनोटमा नेपाल सेमिफाइनलमा पराजित भएर बाहिरिएको थियो ।

आईसीसी टी-२० विश्वकप टी-२० विश्वकप ग्लोबल क्वालिफायर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय