News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ मा पहिलो पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्, जसले गर्दा नकआउट चरणमा नयाँ खेलहरू थपिएका छन्।
- यस पटकको विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्ने होडमा ह्यारी केन, किलिएन एमबाप्पे र लियोनेल मेस्सी मुख्य दाबेदार रहेका छन्।
- म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्ड पहिलो पटक र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने तयारीमा छन्।
१८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन अब एक साता र केही दिन मात्र बाँकी रहँदा यसको रौनक अझै बढ्दैछ ।
विश्वकपको उपाधि कसले जित्ला भनेजस्तै फुटबलको महाकुम्भमा सर्वाधिक गोल कसले गर्ला ? कुन खेलाडीले गोल्डेन बुट जित्ला भन्ने चासो पनि उत्तिकै छ ।
विश्वकपमा पहिलो पटक ४८ राष्ट्रहरुले प्रतिस्पर्धा गर्दैछन् । अहिलेसम्मकै ठुलो विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्ने होड पनि निकै प्रतिस्पर्धात्मक हुने सम्भावना छ ।
यस पटक टिम संख्या बढ्दा नकआउट चरणमा राउण्ड अफ ३२ पनि थपिएको छ । जसले गर्दा नकआउट पुग्ने टिमले एक खेल बढी खेल्नेछन् । त्यसमा गोलको संख्या पनि बढ्न सक्छ भने व्यक्तिगत रूपमा पनि खेलाडीहरूलाई गोल संख्या बढाउने अवसर हुनेछ ।
पछिल्लो विश्वकपहरुमा गरेको प्रदर्शन, क्लब फुटबलमा देखिएको लक्ष्य, विश्वकप छनोटमा गरेको प्रदर्शन र विश्वकपमा हुने खेलहरुको अवस्थालाई लिएर आउने विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्न सक्ने खेलाडीको बारेमा चर्चा गरिएको छ ।
गोल्डेन बुटका ५ बलिया दाबेदार
ह्यारी केन (इङ्गल्याण्ड)

ह्यारी केनले सन् २०१८ मा रुसमा भएको फिफा विश्वकपमा गोल्डेन बुट जितेका थिए । तर सन् २०२२ मा कतारमा भएको विश्वकपमा भने उनले जम्मा २ गोल गर्दा ३ असिस्ट गरे ।
अहिले फेरि क्लब फुटबलमा गोल मेसिनको रुपमा छाएका इंग्ल्यान्डका यी कप्तान तथा परवार्ड पिफा विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जित्ने दाबेदार खेलाडीको रुपमा छन् ।
जर्मन क्लब बायर्न म्युनिखबाट बुण्डेसलिगा खेल्दै आएका केनले २०२५-२६ को सिजनमा सानदार प्रदर्शन गरे । उनले बुण्डेलसलिगामा बायर्नका लागि ३१ खेलमा ३६ गोल गरे । यस्तै च्याम्पियन्स लिगमा बायर्नलाई सेमिफाइनल पुर्याउँदा १४ गोल गरेका थिए । केनले सबैखाले प्रतियोगितामा गरी ५५ खेलमा कूल ६१ गोल गर्दै ७ असिस्ट समेत गरे ।
उनी यतिबेला युरोपियन फुटबलकै सबैभन्दा घातक स्ट्राइकर हुन् । साथै उनी करियरमै राम्रो लयमा समेत छन् । यदि यो लय उनले राष्ट्रिय टिमका लागि पनि कायम राख्न सके विश्वकपमा केनले धेरै गोल गर्न सक्छन् ।
इंग्ल्यान्डले समूह एलमा क्रोएसिया, घाना र पनामासँग खेल्नेछ । इंग्ल्यान्डको नकआउट प्रवेशको सम्भावना धेरै छ । यदि केनले टिमलाई अगाडिसम्म लिएर गएमा उनी आफैं पनि गोल्डेन बुटको दाबेदारको रूपमा अघि रहनेछन् ।
किलियन एम्बाप्पे (फ्रान्स)

फ्रान्सका कप्तान तथा फरवार्ड किलिएन एमबाप्पेले पछिल्लो पटक सन् २०२२ मा कतार विश्वकपमा सर्वाधिक ८ गोल गर्दे गोल्डेन बुट जितेका थिए ।
क्लब र राष्ट्रिय टिमको लय हेर्दा एमबाप्पे यस पटक पनि गोल्डेन बुट जित्न सक्ने सूचीमा अघि छन् ।
चार वर्षअघि उनले फाइनलमा अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरेका थिए । यसले पनि एमबाप्पे गोल गर्न कति माहिर छन् भन्ने देखाउँछ । साथै उनले कतार विश्वकपमा २ असिस्ट समेत गरेका थिए ।
क्लब फुटबलमा एमबाप्पेले रियल मड्रिठका लागि २०२५/२६ सिजन सबैखाले प्रतियोगिताहरूमा ४२ गोल गरेका थिए । उनी अहिले विश्वकै सबैभन्दा घातक स्ट्राइकरका रूपमा छन् । तर चोटका कारण उनलाई केही सताएको छ । ठूला खेलहरुमा उनी सधैं नायकको रुपमा उदाउँछन् ।
समूह आईमा रहेको फ्रानसले सेनेगल, नर्वे र इराकसँग खेल्नेछ । २ पटकको विश्व विजेता फ्रान्स नकआउट चरणमा पुग्नेमा कुनै शंका छैन । यसले पनि एमबाप्पे गोल्डेन बुटको दाबेदारमा अघि छन् ।
एर्लिङ हालान्ड (नर्वे)

एर्लिङ हालान्डले मात्र नभई विश्व फुटबलका धेरैले उनलाई विश्वकपमा हेर्न प्रतिक्षा गरिरहेका छन् । क्लब फुटबलमा गोल मेसिनको छवि बनाएका हालान्ड पहिलो पटक विश्वकप खेल्दैछन् र उनको चर्चा पनि स्वभाविक रुपमा बढिरहेको छ ।
प्रिमियर लिगमा म्यानचेस्टर सिटीबाट खेल्दै भर्खरै सकिएको सिजनमा उनले गोल्डेन बुट जितेका छन् । यस्तै च्याम्पियन्स लिगमा उनले १० खेलमा ८ गोल गरेका थिए भने समग्रमा ५२ खेलमा ३८ गोल गोल र ९ असिस्ट गरेका थिए ।
साथै फिफा विश्वकप २०२६ को छनोट चरणमा हालान्डले सर्वाधिक १६ गोल समेत गरेका थिए । यसले पनि उनी कुन शैलीको स्ट्राइकर हुन भन्ने देखाउँछ ।
२८ वर्षपछि फिफा विश्वकपमा पर्केको नर्वेको यात्रा कति अगाडि बढ्छ त्यो धेरै हदसम्म हालान्डमै टिकेको हुन्छ । समुह आईमा साविक उपविजेता फ्रान्ससँगै सेनेगल र इराक जस्ता टिमसँग नर्वेले खेल्नेछ ।
लियोनेल मेस्सी (अर्जेन्टिना)

लियोनेल मेस्सीको बारेमा खासै धेरै भनिरहनु पर्दैन । सन् २०२० मा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउने टिमका कप्तान, उत्कृष्ट खेलाडी । अनि हाल विश्वकप हुने राष्ट्र अमेरिकामै क्लब फुटबल खेलिरहेका मेसीका लागि अमेरिकामा विश्वकप हुनु अर्को फाइदाको विषय हुनेछ ।
मेजर लिग सकर (एमएलएस) मा इन्टर मायमीमा आफ्नो जादु देखाइरहेका ३८ वर्षीय मेस्सी अझै पनि आफ्नो राष्ट्रिय टिमका लागि मुख्य गोलकर्ता बन्न सक्छन् ।
मेसीले दुई पटक फिफा विश्वकपमा गोल्डेन बल अवार्ड जितेपनि गोल्डेन बुट भने जित्न सकेका छैनन् । पछिल्लो पटक कतरामा विश्वकप जित्दा ७ गोल गरेका मेसी एमबाप्पे भन्दा पछि दोस्रो स्थानमा थिए ।
उनले कतार विश्वकपमा ७ गोल र ३ असिस्ट गरेका थिए ।
फिफा विश्वकप २०२२ मा अर्जेन्टिना समूह जे मा छ । यस समूहमा अल्जेरिया, अस्ट्रिया र जोर्डन छन् । साविक विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा रहेकोले समूह चरण पार गर्न खासै कठिन हुने छैन ।
मेस्सीले आफ्नो अन्तिम विश्वकप खेलिरहेकोले पनि उनी यसलाई अझ यादगार बनाउन चाहन्छन् । त्यसमा मेसीले जित्न बाँकी रहेको एउटै अवार्ड गोल्डेन बुटका लागि पनि उनी दाबेदारको रूपमा छन् ।
विशेषगरी पेनाल्टी र फ्रिकिकमा पनि मेसी आफैं प्रहार गर्ने भएकोले पनि त्यो सम्भावना देखिन्छ ।
भिनिसियस जुनियर (ब्राजिल)

सर्वाधिक ५ पटकको विश्वकप विजेता ब्राजिलले उपाधि नजितेको पनि २४ वर्ष भइसकेको छ । यसबीचमा धेरै खेलाडीले विश्वकप खेलेपनि ब्राजिललाई कसैले पनि उपाधि जिताउन सकेनन् । बीचमा नेयमारले पनि ३ पटक विश्वकप खेले । तर उनले पनि विश्वकप जित्न सकेनन् ।
विश्वकपकै पर्याय बनेको ब्राजिलले यदि विश्वकप जित्ने हो त्यसमा महत्त्वपूर्ण खेलाडीको रूपमा हुनेछन् भिनिसियस जुनियर । चोटसँग संघर्ष गरिरहेका नेमार चौथो पटक विश्वकपका लागि टिममा परेपनि फरवार्ड लाइनमा मुख्य जिम्मेवारी भिनिसियसकै हुन सक्छ ।
स्पानिस जायन्ट रियल मड्रिडबाट क्लब फुटबल खेल्ने भिनिसियसले कतार विश्वकप २०२२ मा जम्मा १ गोल गर्दै २ असिस्ट गरेका थिए ।
उनले गत सिजन सबैखाले प्रतियोगितामा गरेर २२ गोल गरेका थिए । सन् २०२४ मा दि फिफा बेस्ट प्लेअरको अवार्ड जितेका भिनिसियसका लागि यो विश्वकप आफूलाई उत्कृष्ट प्रमाणित गर्ने अवसर समेत हुनेछ ।
यस्तै उनीसामु ब्राजिलको अग्रपंक्ति सम्हाल्दै गोल गर्ने जिम्मेवारी पनि हुनेछ । ब्राजिलले समूह चरणमा मोरक्को, हाइटी र स्कटल्यान्ड विरुद्ध खेल्ने भएकोले नकआउट चरणमा पुग्न खासै समस्या हुने छैन ।
अन्य दाबेदार

माथि चर्चा गरिएका पाँच खेलाडी बाहेक पनि फिफा विश्वकपमा सर्वाधिक गोल गर्न सक्ने खेलाडीहरुको सूची लामै छ । त्यसका पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो देखि स्पेनका युवा स्टार लामिन यमालसम्म छन् ।
साउदी प्रो लिगमा अल नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डो अझै पनि पोर्चुगलका लागि गोल मेसिनकै रुपमा छन् । उनले पछिल्लो पटक कतार विश्वकपमा भने जम्मा १ गोल गरेका थिए । तर राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी रोनाल्डो आफ्नो अन्तिम विश्वकपमा सुखद छाप छोड्न चाहन्छन् ।
पहिलो पटक विश्वकप खेल्न लागेका स्पेनका कीर्तिमानी युवा स्टार लामिन यमाल पनि क्लबकै लयलाई विश्वकपमा देखाउने लक्ष्यमा छन् । बार्सिलोनाका यी युवा विंगरले क्लब र राष्ट्रिय टिमबाट धेरै कीर्तिमान बनाइसकेका छन् । उनी विश्वकपमा ह्याट्रिक गोल गर्ने लक्ष्यमा समेत छन् ।
यस बाहेक फ्रान्सका उसमान डेम्बेले, अर्जेन्टिनाका जुलियन अल्भारेज, स्वीडेनका भिक्टोर ग्योकेरेस, जर्मनीका डेनिज उन्दाज लगायत खेलाडीहरु पनि धेरे गोल गर्ने दाबेदारको सूचीमा हुन सक्छन् ।
प्रतिक्रिया 4