+

इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित

२०८३ असार  ६ गते २२:१४ २०८३ असार ६ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा आयोजित इन्डिया फाइट लिगमा भारतीय प्रतिद्वन्द्वीलाई १९ सेकेन्डमै नकआउट गर्दै सानदार जित हात पारेका छन् ।
  • दिल्लीको सिरी फोर इन्डोर स्टेडियममा भएको लाइटवेइट विधाको सो प्रतियोगितामा ६ टोलीका ७२ फाइटरले सहभागिता जनाएका छन् ।

६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा सानदार जित हात पारेका छन् ।

दिल्लीको सिरी फोर इन्डोर स्टेडियममा भएको लाइटवेइट फाइटमा कोसिसले भारतीय फाइटर प्रचन्ड जमलियालाई १९ सेकेण्डमै नकआउट गरेका छन् ।

फ्रेन्चाइज बेस्ड मिक्स मार्सल आर्ट्स कम्पिटेसन (आईएफएल) मा  ६ टिमका ७२ फाइटरहरुले प्रतिस्पर्धा गर्छन् । क्रिकेटको आइपीएल र कबड्डीको प्रो कबड्डी शेलीमै यो एमएमए लिग आयोजना भइरहेको छ । आइएफएल युएफसी फाइट पासको रुपमा रहेको छ ।

आइएफएलमा कोसिसको सहभागिताले नेपाली एमएमएको बढ्दो चर्चालाई पुष्टी गरेको छ ।

आईएफएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय