+
+
Shares
फिफा विश्वकप २०२६ :

रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

क्रिस्टियानो रोनाल्डो लगातार ६ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते २२:५५

९ असार, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो लगातार ६ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

फिफा विश्वकप २०२६ को समूह के अन्तर्गत उज्वेकिस्तान विरुद्धको खेलमा गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका हुन् । यसअघि समूहको पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले उज्वेकिस्तान विरुद्ध छैटौं मिनेटमै गोल गर्दे पोर्चुगललाई अग्रता दिलाएका हुन् ।

रोनाल्डोले सन् २००६ मा डेब्यु विश्वकपमा १ गोल गरेका थिए भने २०१० र २०१४ मा पनि १-१ गोल गरेका थिए । यस्तै सन् २०१८ मा भने स्पेन विरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए । सन् २०२२ मा १ गोल गरेका थिए भने हाल उत्तर अमेरिकामा भइरहेको विश्वकपमा पनि १ गोल गरिसकेका छन् ।

रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो बुढा खेलाडी समेत बनेका छन् । उनले ४१ वर्ष १३८ दिनको हुादा उज्वेकिस्तान विरुद्ध गोल गरेका हुन् । यसअघि क्यामरुनका रोजर मिल्लाले ४२ वर्ष  ३९ दिनको हुँदा सन् १९९४ को विश्वकपमा रसिया विरुद्ध गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?