+
+
Shares

गाईलाई आँप खुवाइरहेका सोमपाल कामी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १८:१२

सोमपाल कामी । अर्थात क्रिकेटर । उनको खेल जीवन र कौशलबारे त केही बताउनै पर्दैन । क्रिकेटका पारखीलाई उनको नालीबेली थाहा छ, उनी कस्ता छन् ? कसरी खेल्छन् ?

तर, उनको जीवनको अर्को पाटो पनि छ जो कतिपयलाई थाहा नहुन सक्छ । उनी आध्यात्मिक छन् । करुणा र समभावले भरिपूर्ण पनि ।

भनिहालौं, उनी पशुप्राणीलाई अत्यन्तै माया गर्छन् । त्यसैले त बेलाबखत क्रिकेट मैदानमा आइपुग्ने कुकुरलाई प्रेमले स्पर्श गरिरहेका हुन्छन्, काठमाडौं आसपासका डग शेल्टरमा गएर फुर्सदको समय बिताइरहेका हुन्छन् ।

सामुदायिक कुकुरको स्यहार सुसारका लागि पनि उनले सहयोग गरिरहेका हुन्छन् । त्यसैगरी बेवारिसे पशुप्राणीलाई माया र हेरचाह गर्नका लागि सन्देश दिइरहेका हुन्छन् ।

एकठाउँ उनले सडकको कुकुरसँग खेलिरहेको फोटो पोस्ट गर्दै क्याप्सन लेखेका छन्, ‘सडकका कुकुरहरू खतरनाक हुन्छन् । सडकका कुकुर र म।’

कुकुरप्रति समाजको जुन धारणा छ, सम्भवत: त्यसमाथि उनले कटाक्ष गरेको हुनसक्छ । सडकका कुकुर खतरनाक हुन्छ भन्ने मनोविज्ञान बुझेर उनले यस्तो स्टाटस लेखेका हुन् । फोटोमा एक सुभानी कुकुरसँग उनी ढुक्कले बसेका देखिन्छन् ।

त्यसो त उनी स्वयम्ले घरमा कुकुर राखेका छन् । उक्त कुकुरको फोटो पृटभूमीमा राखेर सोमपाल लेख्छन्, ‘यदि तपाईं भाग्यमानी हुनुहुन्छ भने कुनै न कुनै दिन एउटा कुकुर तपाईंको जीवनमा आउँछ । तपाईंको मुटु जित्छ । अनि तपाईंको जीवन नै बद्लिन्छ ।’

उनले घरको मात्र होइन, सडकमा भेटिने कुकुरलाई पनि उत्तिकै मायालु व्यवहार गर्छन् । कहिले तिनीहरूसँग खेल्छन्, कहिले खुवाउँछन् ।

कुकुरसँगको सामीप्यताले आफ्नो जीवनलाई सुन्दर बनाएको उनको बुझाइ छ । उनी लेख्छन्, ‘ह्याप्पी इन्टरनेशनल डग डे, मेरो जीवन सुन्दर बनाइदिएकोमा धेरै धन्यवाद ।’

कुकुरसँगै व्यायाम गरिरहेको, कुकुरसँगै ओछ्यानमा आरम गरिरहेको, कुकुरसँग फोटोसूट गरिरहेको फोटाहरू उनले फेसबुकमा राखेका छन् । एकठाउँ उनले मस्त सुतिरहेको अवोध कुकुरको फोटो राख्दै लेखेका छन्, ‘उसले हरेक दिन मेरो दिन खुसी बनाइदिन्छ ।’

यसपाली भने उनले गाईवस्तुसँगको भिडियो पोस्ट गरेका छन्, आँप खाँदै गरेको । त्यसमा कुनै क्याप्सन छैन । अर्थात ती दृश्यहरू उनले शब्दमा वयान गर्न आवश्यक ठानेका छैनन् । दृश्य नै बोलेको छ ।

उनी आँप खाँदैछन् र गाईलाई खुवाउँदैछन् । पृष्टभूमिमा फिल्म लाल सिंह चड्डाको गीत बज्छ, ‘क्या पता हम मैं हुँ कहानी …।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?