+

कासिबलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

२०८३ भदौ  १२ गते १७:३१ २०८३ भदौ १२ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फाइटर रवीन्द्र ढाँट चीनको साङ्घाईस्थित अक्टागनमा न्युजिल्यान्डका कासिब मर्डाकलाई हराउँदै रोड टु युएफसीको फाइनलमा पुगेका छन्।

१२ भदौ, काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् ।

चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् ।

पहिलो जजले ढाँटको पक्षमा २९-२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९-२८ अंक दिए ।

तेस्रो जजले ढाँटकै पक्षमा २९-२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् ।

ढाँटले अब र्यो ताजिमासँग फाइनलमा खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल पुगेका थिए ।

फाइनल जितेमा उनी युएफसीका लागि छनोट हुनेछन् ।

यो पनि पढ्नुहोस्–

भारतका सडकमा ढुंगा बोकेर खारिएका नेपाली ‘फाइटर’

 

रविन्द्र ढाँट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय