News Summary
Generated by OK AI. Editorially reviewed.- क्रिकेट अस्ट्रेलियाले रसुवाबाट सुरु भएको विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकप्रति सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाएको छ।
- क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलियाको नेपाल आपत्कालीन राहत अभियानमा सहयोग गर्न अपिल गरेको छ।
- युनिसेफले नेपाल सरकार र साझेदार संस्थासँग मिलेर प्रभावित बालबालिका र परिवारलाई स्वास्थ्य सेवा, पोषण, सुरक्षित खानेपानी, सरसफाइ र मनोसामाजिक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।
१२ भदौ, काठमाडौं । रसुवाबाट सुरु भएको विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ । बोर्डले सामाजिक सञ्जालमार्फत नेपाल र बाढीबाट प्रभावित सबैप्रति आफ्नो विचार र समर्थन रहेको जनाएको हो ।
क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलियाको नेपाल आपत्कालीन राहत अभियान मा सहयोग गर्न पनि अपिल गरेको छ । उक्त अभियानमार्फत प्रभावित बालबालिकालाई जीवनरक्षक स्वास्थ्य सेवा, पोषण र सुरक्षित खानेपानी उपलब्ध गराइँदै छ ।
भीषण बाढीले हजारौं बालबालिका र परिवारलाई विस्थापित बनाएको र धेरैको मृत्यु, घाइते तथा बेपत्ता भएको पुष्टि भइसकेको उल्लेख गर्दै युनिसेफले अभियान सञ्चालन गरेको हो ।
नेपाल सरकार र साझेदार संस्थासँग मिलेर युनिसेफले विपद्पछि प्रभावित परिवारका तत्कालका आवश्यकतालाई सम्बोधन गर्न आपत्कालीन स्वास्थ्य सेवा, जीवनरक्षक पोषण, सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका सामग्री उपलब्ध गराउने काम गरिरहेको जनाएको छ ।
साथै, बाल संरक्षण तथा मनोसामाजिक सहयोगलाई पनि प्राथमिकतामा राखिएको छ ।
प्रतिक्रिया 4