+

ला लिगामा बार्सिलोनाको लगातार दोस्रो जित

२०८३ भदौ  १२ गते ७:५० २०८३ भदौ १२ गते ७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले बिहीबार राति स्पानिस ला लिगामा एथलेटिक बिल्बाओलाई २–० ले पराजित गरेको छ।
  • बार्सिलोना लगातार दोस्रो जितसँगै ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ।
  • बार्सिलोनाका लागि राफिन्हा र फरमिन लोपेजले क्रमशः ३७औँ र ८२औँ मिनेटमा गोल गरेका छन्।

काठमाडौं । बार्सिलोनाले स्पानिस ला लिगामा बिहीबार राती एथलेटिक बिल्बाओलाई २-० ले पराजित गरेको छ ।

नयाँ सिजन बार्सिलोनाको यो लगातार दोस्रो जित हो । लगातार दोस्रो जितपछि बार्सिलोना ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाले दुई खेल नै जितेको रियल मड्रिड, सेभिया र रियल बेटिसलाई गोल अन्तरमा पछि पारेको छ ।

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हा र फरमिन लोपेजले एक-एक गोल गरे ।

राफिन्हाले ३७ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लोपेजले ८२ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

यसै खेलबाट रोड्रीले पनि बार्सिलोनामा डेब्यु गरेका छन् । फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी बनेका स्पेनका कप्तान पेड्री यसै सिजन अघि इंग्लिस क्लब म्यानचेष्टर सिटीबाट बार्सिलोनामा अनुबन्ध भएका थिए ।

बार्सिलोना र बिल्वाओबीचको खेलअघि नेपालको भोटेकोशीमा गएको बाढीपिडितको सम्झदतामा मौनधारण गरेका थिए ।

बिहीबारकै अर्को खेलमा ओसासुनाले सेल्टा भिगोलाई २–१ ले पराजित गरेको छ ।

बार्सिलोना स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय