+

टप एन्ड टी-२० सिरिज : नेपाललाई किङ्समेनको बलियो लक्ष्य

२०८३ भदौ  ११ गते ११:०१ २०८३ भदौ ११ गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टप एन्ड टी-२० सिरिजमा किङ्समेनले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाउँदै नेपाललाई १९८ रनको लक्ष्य दिएको छ।
  • किङ्समेनका शेहान जयसूर्याले ६७ रन बनाए भने नेपालका नारायण जोशीले २ विकेट लिए।
  • नेपालले यसअघि ४ खेलमा २ जित र २ हार निकालेको छ र सेमिफाइनल सम्भावना बलियो बनाउन बाँकी दुवै खेल जित्नुपर्नेछ।

११ भदौ, काठमाडौं । टप एन्ड टी-२० सिरिजमा आफ्नो पाँचौं खेल खेलिरहेको नेपाललाई किङ्समेनको टोलीले बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको किङ्समेनले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाउँदै १९८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

किङ्समेनका लागि शेहान जयसूर्याले सर्वाधिक ६७ रन बनाए । शयान जहाङ्गिरले २७, हम्माद आजमले २६, मिलिन्द कुमारले २५, तयाब आरिफले २२ रन बनाए ।

नेपालका लागि नारायण जोशीले २ विकेट लिए भने राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले १-१ विकेट लिए ।

नेपालले यसअघि चार खेल खेल्दा २ जित र २ हारको नतिजा निकालेको छ । यसपछि नेपालले १ खेल खेल्न बाँकी छ ।

सेमिफाइनल सम्भावना बलियो बनाउन नेपाललाई आजको सहित दुवै खेल जित्नुपर्नेछ ।

टप एन्ड टी-२० सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय