+

१४औं दक्षिण एसियाली खेलकुदमा २८ खेल, ३४६ स्वर्णका लागि प्रतिस्पर्धा हुने

२०८३ भदौ  १० गते १७:०१ २०८३ भदौ १० गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १४औं दक्षिण एसियाली खेलकुद चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा हुने तय भएको नेपाल ओलम्पिक कमिटीले बुधबार पत्रकार सम्मेलनमार्फत जनाएको छ।
  • आगामी सागमा २८ खेल समावेश हुनेछन् र प्रारम्भिक सूचीअनुसार ४ हजार १९१ जना सहभागी हुने अनुमान गरिएको छ।
  • नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको संयोजकत्वमा साउथ एसिया ओलम्पिक काउन्सिलको कोअर्डिनेशन कमिटी पहिलोपटक गठन गरिएको छ।

१० भदौ, काठमाडौं । १४औं दक्षिण एसियाली खेलकुद (साग) चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा हुने निर्णय भएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानले आयोजना गर्ने १४औं दक्षिण एसियाली खेलकुद २०२७ को तयारीको सन्दर्भमा पाकिस्तानमा भएको पछिल्लो बैठक सहभागी खेलमा बारेमा पत्रकार।सम्मेलन गर्दै जानकारी दिएको हो ।

गत अगस्ट २३ र २४ गते भएको बैठकमा १४ औं सागको आयोजनासँग सम्बन्धित तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको एनओसीले जनाएको छ । दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले विभिन्न निर्णयहरु भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय खेलकुद परिषद्‌द्धी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकमा सहभागिता भएका थिए ।

आगामी सागमा २८ खेल समावेश हुनेछ जसमा २५ खेलमा पुरुष र महिलाको खेल हुनेछ भने ३ खेलमा पुरुषको मात्र प्रथिस्पर्धा हुनेछ ।

१४ औं सागमा एथलेटिक्स, अक्वाटिक्स (पौडी), आर्चरी, व्या‌ड्मिन्टन, बास्केटबल (३०३ र ५०५), बिलियाईस र स्नुकल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल/बिच ह्यान्डबल, हकी, जुडो, कबड्डी, कराँते, रोइड, रग्बी, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल/बिच भलिबल, भारोत्तोलन, कुश्ती र उसु रहेका छन् ।

बिलियाईर्ड्स, हक्की, रग्बी र विच भलिबलमा महिला सहभागिता रहने छैन । १४ औं सागमा २८ खेलमा कूल ३४६ पदक इभेन्ट रहेका छन् । जसमा ३४६ स्वर्ण, ३४६ रजत र ५१५ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

१४ औं सागमा प्रारम्भिक सूचीअनुसार ३,१७२ खेलाडी र १,०१९ अफिसियलसहित कूल ४,१९१ कोसहभागिता रहनेछ । जसमध्ये नेपालबाट ५३२ खेलाडी र १५३ आफिसियल, आयोजक पाकिस्तानबाट ६७० खेलाडी र २०२ अफिसियल, श्रील‌ङ्काबाट ६७० खेलाडी र २५१ अफिसियल, बङगलादेशबाट ४८२ खेलाडी र १२२ अफिसियल, भारतबाट ४७२ खेलाडी र २०२ अफिसियल, माल्दिभ्सबाट २६१ खेलाडी तथा ६८ अफिसियल तथा भुटानबाट ८५ खेलाडी र २१ अफिसियल सहभागी हुने अनुमान गरिएको छ ।

यो प्रारम्भिक सूची भएको र अन्तिम सूची नभएको एनओसी अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

विगतको बैठकमा एनओसीले दक्षिण एसियाली ओलम्पिक कमिटीको स्थायी सचिवालय नेपालमा राख्ने प्रस्ताव कायम नै छ ।

बैठकले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको संयोजकत्वमा साउथ एसिया ओलम्पिक काउन्सिल (एसएओसी) कोअर्डिनेशन कमिटी गठन गरिएको छ । उक्त कमिटीमा श्रीलंका, बंगालादेश, भुटानका महासचिवहरु र ओलम्पिक काउन्सिल अफ एशियाको प्रतिनिधीहरु सदस्यको रुपमा रहने छ ।

दक्षिण एसियाली को इतिहासमा पहिलो पटक यस्तो कमिटीको गठन गरिएको हो । यस कमिटीले आयोजक राष्ट्रको ओलम्पिक कमिटी र सरकार सँग समन्वय गरि साउथ एसियन गेम्स समयमा नै आयोजना गर्नलाई सहयोग गर्नेछ ।

एसएओसी को बैठकको प्रतिनिधि मण्डल सँग पाकिस्तानको प्रधानमन्त्री कार्यालयका प्रधानमन्त्रीको युवा कार्यक्रमका अध्यक्ष सँग भेटघाट र १४ औं साग खेल निर्धारित समयमा सम्पन्न गर्ने बारेमा छलफल भएको र  निर्धारित समयमा आयोजना हुने बारेमा शंका नगर्न अनुरोध गरिएको ओलम्पिक कमिटीले जनाएको छ ।

भारतले बैठकमा भर्चुल सहभागिता जनाइरहेको र दक्षिण एसिया बाहिर फिजिकल मिटिङमा पनि सहभागी हुँदै आएको र भारत पनि सहभागी हुने कुरा भएको एनओसी अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अहिलेसम्म इतिहासमा सबै राष्ट्र सहभागी भएर नै साग भईरहेको र यसको आफ्नै मूल्य र मान्यता भएकोले अहिले पनि सबै टिम सहभागी हुने प्रतिवद्धता दिनुभएकोले श्रेष्ठले बताए ।

१४ औं साग पाकिस्तानले तीन शहरमा आयोजना गर्नेछ। इस्लामाबादमा १५, लाहोरमा १० र पेशावरमा ३ खेल हुनेछ ।

एसएओसी का प्रतिनिधिहरुले इस्लामावादमा आयोजना हुने खेल स्थलको निरीक्षण समेत गरेका थिए ।

उद्घाटन समारोह इस्लामावाद को जिन्ना स्टेडियममा हुने छ जसको क्षमता करीब ५० हजार दर्शक रहन सक्ने छ। पाकिस्तानको देहायका ३ वटा शहरमा निम्न खेलहरु आयोजना हुने छ ।

कुन शहरमा कुन खेल ?

इस्लामावादः एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, स्नुकर, फुटबल, कबड्डी, कराते, रोइङ, स्क्वास, टेबल टेनिस, टेनिस, ट्रायथलन, भारोत्तोलन, उसु र शुटिङ

लाहोर : बक्सिङ, क्रिकेट, फेन्सिङ, गल्फ, ह्याण्डबल, हक्की, रग्बी, पौडी, तेक्वान्दो, कुस्ती

पेशावर : आर्चरी, जुडो, भलिबल

।

१४औं दक्षिण एसियाली खेलकुद दक्षिण एसियाली खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय