+
टप एन्ड टी-२० सिरिज :

भुर्तेलको अलराउन्ड प्रदर्शनमा ‍नेपालको लगातार दोस्रो जित

२०८३ भदौ  १० गते १८:२७ २०८३ भदौ १० गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले टप एन्ड टी–२० सिरिजमा एसीटी कोमेट्सलाई ४ विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो ।
  • एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो भने नेपालले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।
  • कुशल भुर्तेलले ६१ रन बनाएर ३ विकेट लिए, पबन सर्ताफ २९ रनमा अविजित रहे, र नेपालले भोलि बिहान किङ्समेनसँग खेल्ने छ ।

१० भदौ, काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन मद्दतमा अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा नेपालले एसीटी कोमेट्सलाई ४ विकेटले पराजित गरेको हो । एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । पबन सर्ताफ २९ रनमा अविजित रहे । मयन यादवले २१ रन बनाए ।

एसीटीका लागि ज्याक कहले ३ विकेट लिए भने जीत मेहताले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एसीटीले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

एसीटीका लागि डायलान हन्टरले ४४ रन बनाए । अंश तिवारी र निक ब्रोएसले समान १९ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले २ ओभरमा ९ रन दिएर ३ विकेट लिए । युवराज खत्रीले २ विकेट लिँदा

सुरुवाती दुई खेल हारपछि नेपालले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई हराएको थियो ।

अब अर्को खेलमा भोलि बिहान किङ्समेनसँग खेल्ने छ ।

टप एन्ड टी-२० सिरिज नेपाल ए क्रिकेट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय