+

श्रीलंकाका सहान अराचिगेले काठमान्डुबाट एनपीएल खेल्ने

२०८३ भदौ  १० गते ८:२९ २०८३ भदौ १० गते ८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमान्डु गोर्खाजले श्रीलंकाका अलराउन्डर सहान अराचिगेलाई तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्न अनुबन्ध गरेको छ।
  • बाँयाहाते ब्याटर सहानले दाँयाहाते अफस्पीन बलिङ गर्छन् र टी-२० मा १०३ खेलमा १ हजार ४६२ रन तथा ५४ विकेट लिएका छन्।
  • सहानले यसअघि २०२१ को एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट नेपालमा खेलेका थिए।

१० भदौ, काठमाडौं । श्रीलंकाका अलराउन्डर सहान अराचिगेले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत सहानलाई अनुबन्ध गरेको जानकारी दिएको हो । बाँयाहाते ब्याटर सहानले दाँयाहाते अफस्पीन बलिङ गर्छन् ।

सहानले टी-२० क्रिकेटमा १०३ खेलमा १४६२ रन बनाएका छन् । यस्तै ५४ विकेट पनि लिएका छन् । उनले लंका प्रिमियर लिगको उपाधि पनि जितेका छन् ।

सहानले श्रीलंकाबाट ५ एकदिवसीय अन्तर्राष्ट्रिय र एक टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले २०२३ को जुलाईमा वेस्ट इन्डिजविरुद्ध हरारेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । सहनले श्रीलंका ‘ए’ को पनि कप्तानी गर्दै आएका छन् ।

लंका प्रिमियर लिगमा हालै गल गालान्ट्सलाई उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए । गल गालान्ट्सले पहिलो पटक लंक प्रिमियर लिग जित्दा सहनले सबै ११ खेल खेल्दै १४७ माथिको स्ट्राइक रेटमा २४० रन बनाएका थिए ।

‘विजय भाव बोकेका सहन एक जोशिला खेलाडी हुन्, उनी निरन्तर एक रुपको प्रदर्शन दिन सक्छन् र दबाबमा पनि योजना अनुसार खेल्दै लंका प्रिमियर लिग र श्रीलंका ‘ए’ बाट म्याचहरु जिताएका छन् । उनको स्वभाव र स्पष्ट मानसिक्ताले हाम्रो ब्याटिङ लाइनअपलाई मद्धत गर्नेमा म विश्वस्त छु । उनमा जुन ब्याटिङ, बलिङ र फिल्डिङ क्षमता छ, त्यो काठमान्डु गोर्खाजका लागि फाइदा हुनसक्छ’ काठमान्डु गोर्खाजका क्रिकेट डाइरेक्टर शरद भेषावकरले भनेका छन् ।

उनले यसअघि पनि नेपालमा आएर खेलेका छन् । सन् २०२१ को एभरेस्ट प्रिमियर लिगमा उनी पोखरा राइनोजबाट खेलेका थिए ।

काठमान्डु गोर्खाज सहान अराचिगे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय