News Summary
Generated by OK AI. Editorially reviewed.- आसिफ शेखको १६१ रन र अर्जुन कुमालसँगको २२० रनको ओपनिङ साझेदारीमा नेपालले एसीसी प्रिमियर कपअघिको अभ्यास खेलमा मलेसियालाई हराएको छ।
- मलेसियाले ४८.२ ओभरमा २३२ रन बनाएकोमा सन्दीप लामिछानेले १० ओभरमा ३६ रन दिएर ४ विकेट लिएका छन्।
- नेपालले वर्षापछि ४८ ओभरमा २२८ रनको लक्ष्य पाएको थियो र २८ ओभरमै पूरा गरेको हो।
९ भदौ, काठमाडौं । ओपनर आसिफ शेखको शतकसँगै १६१ रन तथा अर्जुन कुमालसँगको दोहोरो शतकीय साझेदारी मद्दतमा नेपालले एसीसी प्रिमियर कपअघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ ।
मलेसियाले २३३ रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि ४८ ओभरमा २२८ रनको लक्ष्य तय भएको थियो । नेपालले उक्त लक्ष्य २८ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्यो ।
आसिफ शेखले ८५ बलमा १६१ रन बनाएर आउट भए । उनले १२ चौका र १२ छक्का प्रहार गरे ।
आसिफले अर्जुन कुमालसँग मिलेर २२० रनको ओपनिङ साझेदारी गरेका थिए । अर्जुन कुमाल ६१ रनमा नटआउट रहे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा अलआउट हुँदै २३२ रन बनाएको थियो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए ।
सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० तथा विरानदीप सिंहले ३९ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३६ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
नेपालले मलेसिया आउनुअघि भारतमा कर्नाटकसँग भएको दुई अभ्यास खेल जितेको थियो ।
प्रतिक्रिया 4