+

सिमा रानी घले क्रोएसियाको शीर्ष डिभिजन क्लबमा आबद्ध

२०८३ भदौ  ९ गते ९:४० २०८३ भदौ ९ गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला फुटबलर सिमा रानी घले क्रोएसियाको शीर्ष महिला लिग क्लब जेडएनके स्प्लिटमा आबद्ध भएकी छन्।
  • सिमा अब क्रोएसियाको ए डिभिजन माजेन्टा लिगामा प्रतिस्पर्धा गर्नेछिन्।
  • यो अनुबन्धसँगै उनी क्रोएसियाको शीर्ष महिला लिगमा खेल्ने नेपाली फुटबलर बनेकी छन्।

९ भदौ, काठमाडौं । नेपाली महिला फुटबलर सिमा रानी घले क्रोएसियाको शीर्ष महिला लिग क्लब जेडएनके स्प्लिटमा आबद्ध भएकी छन् ।

सिमा अब क्रोएसियाको ए डिभिजन माजेन्टा लिगामा प्रतिस्पर्धा गर्नेछिन् । संकटा कलबबाट घरेलु फुटबल खेल्ने सिमाको अनुबन्धको जानकारी संकटा क्लबले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

एफसी बुद्धबाट फुटबल यात्रा सुरु गरेकी सिमाले नेपालमा संकटा एफसीबाट पनि उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । घरेलु फुटबलबाट युरोपको शीर्ष डिभिजनसम्मको उनको यात्रा नेपाली महिला फुटबलका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।

सिमाको यो अनुबन्धसँगै उनी क्रोएसियाको शीर्ष महिला लिगमा खेल्ने नेपाली फुटबलर बनेकी छन् ।

सिमा रानी घले
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय