News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले नर्थन टेरिटोरीको टप एन्ड टी-२० सिरिजमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हराउँदै पहिलो जित हासिल गरेको छ।
- नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएकोमा कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए।
- होबार्ट १८.३ ओभरमा ११५ रनमा अलआउट भयो, नेपालका नारायण जोशीले ३ विकेट लिए, र नेपालले बुधबार एसीटी कोमेट्ससँग खेल्नेछ।
८ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ ।
सोमबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८.३ ओभरमा ११५ रनमा अलआउट भयो ।
होबार्टका लागि नितेश सामुयलले सर्वाधिक ३७ रन बनाए । टिम वार्डले २३, निवेथन राधाकृष्णनले २० रन बनाए ।
नेपालका लागि नारायण जोशीले ३ विकेट लिए भने पवन सर्राफ र शाहब आलमले २-२ तथा बिपिन खत्रीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । अनिल साहले २८ तथा लोकेश बमले अविजित २० रन बनाए ।
होबार्टका राफ म्याकमिलनले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । मार्कस बिनले २ तथा ब्राड्ली होप र निवेथन राधाकृष्णनले १-१ विकेट लिए ।
यसअघि नेपालले सुरुवाती दुई खेलमा हार बेहोरेको थियो ।
नेपालले आफ्नो चौथो खेलमा बुधबार एसीटी कोमेट्ससँग खेल्नेछ ।
प्रतिक्रिया 4