+

एल्चेमाथि बार्सिलोनाको फराकिलो जित

२०८३ भदौ  ८ गते ९:४३ २०८३ भदौ ८ गते ९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोनाले ला लिगामा एल्चेमाथि ५–० को प्रभावशाली जित निकाल्दै विजयी सुरुवात गरेको छ।
  • राफिन्हाले १४औं र ६७औं मिनेटमा दुई गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
  • फर्मिन लोपेजले ७१औं र ७९औं मिनेटमा दुई गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा करिम अदेयेमीले पनि गोल गरे।

७ भदौ, काठमाडौं । साविक विजेता बार्सिलोनाले ला लिगामा विजयी सुरुवात गर्ने क्रममा एल्चेमाथि ५–० को प्रभावशाली जित हासिल गरेको छ ।

बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे । उनले १४औं मिनेटमा पेनाल्टीबाट खाता खोलेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा करिम अदेयेमीले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाएका थिए ।

६७औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल थपे । फर्मिन लोपेजले ७१औं र ७९औं मिनेटमा दुई गोल गर्दै एल्चेको रक्षापङ्क्तिलाई पूर्ण रूपमा धराशायी बनाए ।

एन्थोनी गोर्डनले दुई गोलमा असिस्ट गर्दा जाभी एस्पार्टले पनि एक असिस्ट दिए। फराकिलो जितसँगै बार्सिलोनाले उपाधि रक्षा अभियानमा आफ्नो बलियो लय कायम राखेको छ ।

बार्सिलोना स्पेनिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय