News Summary
Generated by OK AI. Editorially reviewed.- डोमिनिक सोबोस्लाइले इन्जुरी समयको नवौं मिनेटमा पेनाल्टी गोल गर्दै लिभरपुललाई न्युक्यासल युनाइटेडसँग २–२ को बराबरी दिलाए।
- न्युक्यासलले पाँचौं मिनेटमा एन्थोनी एलाङ्गाको गोलबाट अग्रता लिएको थियो, र कोडी गाक्पोले ५५औं मिनेटमा बराबरी गरे।
- जो विलकले ५७औं मिनेटमा गोल गरेपछि न्युक्यासल फेरि अगाडि बढेको थियो, तर अन्तिम क्षणको पेनाल्टीले लिभरपुललाई हारबाट बचायो।
७ भदौ, काठमाडौं । डोमिनिक सोबोस्लाइले इन्जुरी समयको अन्तिम क्षणमा पेनाल्टी गोल गरेपछि लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २–२ को बराबरी गर्दै हार टारेको छ ।
घरेलु टोली न्युक्यासलले पाँचौं मिनेटमै एन्थोनी एलाङ्गाको गोलबाट अग्रता लिएको थियो । ५५औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
न्युक्यासलले ५७औं मिनेटमा जो विलकको गोलमार्फत फेरि अग्रता बनायो ।
खेल सकिनै लाग्दा इन्जुरी समयको नवौं मिनेटमा पेनाल्टीमार्फत् सोबोस्लाइले गोल गर्दै लिभरपुललाई एक अंक दिलाए ।
बराबरीसँगै दुवै टोलीले नयाँ सिजन एक–एक अंक बाँडेर सुरुवात गरेका छन् ।
प्रतिक्रिया 4