+

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक (तस्वीरहरू)

२०८३ भदौ  ७ गते २०:२७ २०८३ भदौ ७ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिगको ट्रफी ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रमा सार्वजनिक गरेका हुन्।
  • ट्रफीलाई काठमाडौंको वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार स्क्वायरमा पनि प्रदर्शन गरिएको हो।
  • केडिया ग्रुपको आयोजनामा एनभीएल भदौ १९ देखि २७ गतेसम्म हुँदैछ, र छ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

७ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक गरिएको छ ।

ललितपुरको पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गरेका हुन् ।

उक्त ट्रफीलाई काठमाडौंको वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार स्क्वायरमा पनि प्रदर्शन गरिएको हो ।

केडिया ग्रुपको आयोजनामा पहिलो संस्करणको एनभीएल भदौ १९ देखि २७ गतेसम्म हुँदैछ ।

एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछन् ।

तस्वीरहरू

नेपाल भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय