News Summary
Generated by OK AI. Editorially reviewed.- एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करणका लागि नासा सेक्युरिटीज कम्पनी लिमिटेडले ‘स्टक ब्रोकरेज पार्टनर’ सहकार्य निरन्तरता दिएको छ।
- भदौ १८ गते काठमाडौंमा हुने अवार्डमा नासा सेक्युरिटीजले सहप्रायोजन गर्नेछ र मञ्चले कम्पनीलाई आधिकारिक स्टक ब्रोकरेज पार्टनरका रूपमा प्रवर्द्धन गर्नेछ।
- यस वर्षको पिपुल्स च्वाइस अवार्डमा पूजा राना, रविन्द्र ढाँट, शेर मल्ल, मिना सुनार र सानु माया थिङ मनोनयनमा परेका छन्।
७ भदौ, काठमाडौं । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड को २३औं संस्करणका लागि नासा सेक्युरिटीज कम्पनी लिमिटेडको सहकार्यले निरन्तरता पाएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र नासा सेक्युरिटीजबीच भएको सम्झौताअनुसार कम्पनी यस वर्ष पनि अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’ बनेको छ । सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटीजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गरेका छन् ।
भदौ १८ गते काठमाडौंमा आयोजना हुने स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजले सहप्रायोजन गर्नेछ भने मञ्चले कम्पनीलाई आधिकारिक स्टक ब्रोकरेज पार्टनरका रूपमा प्रवर्द्धन गर्नेछ ।
यस वर्षको पिपुल्स च्वाइस अवार्डका लागि फुटबलकी पूजा राना, एमएमएका रविन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मिना सुनार र करातेकी सानु माया थिङ मनोनयनमा परेका छन् ।
उनीहरूका लागि खल्ती वालेट, एनएसजेएफ स्पोर्ट्स अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजमार्फत मतदान गर्न सकिनेछ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा उत्कृष्ट पुरुष र महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपुल्स च्वाइस, लाइफटाइम अचिभमेन्ट, स्पेसल अवार्ड, पारा एथ्लिट अनर तथा एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी नौ विधामा सम्मान प्रदान गरिनेछ।
प्रतिक्रिया 4