+

घरेलु मैदानमा म्यान्चेस्टर सिटीको पुनरागमन जित

२०८३ भदौ  ७ गते २०:४४ २०८३ भदौ ७ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर सिटीले नयाँ सिजनको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा एएफसी बर्नमाउथलाई इतिहाद स्टेडियममा २-१ ले पराजित गरेको छ ।
  • मार्कस ट्राभेनियरले २६औं मिनेटमा गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए, तर मार्क गेहीले ८५औं मिनेटमा सिटीका लागि बराबरी गोल गरे ।
  • इन्जुरी समयको दोस्रो मिनेटमा जोस्को भार्डियलले निर्णायक गोल गर्दै म्यान्चेस्टर सिटीलाई पुनरागमन जित दिलाए ।

७ भदौ, काठमाडौं । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ ।

आइतबार बेलुका घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले एएफसी बर्नमाउथलाई २-१ ले पराजित गरेको हो ।

खेलको २६औं मिनेटमा मार्कस ट्राभेनियरले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा थप गोल भएनन् ।

दोस्रो हाफमा पनि अधिकांश समय स्कोरमा कुनै परिवर्तन नआइरहेका बेला ८५औं मिनेटमा मार्क गेहीले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

इन्जुरी समयको दोस्रो मिनेटमा जोस्को भार्डियलले गोल गर्दै सिटीलाई जित दिलाए ।

इंग्लिस प्रिमियर लिग बर्नमाउथ म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय