News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आज अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीसँग दिउँसो सवा ३ बजेदेखि खेल्दै छ।
- नेपालले यसअघि एनटी स्ट्राइक र बंगलादेशको हाई पर्फर्मेन्स टोलीसँगका दुवै खेलमा हार बेहोरेको छ।
- होबार्टले पनि पहिलो दुई खेलमा भिक्टोरिया र बंगलादेशको टोलीसँग पराजय भोगेको छ।
८ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आज होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्दै छ ।
नेपाल ए र होबार्टबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।
नेपाल यसअघि भएका दुवै खेलमा पराजित भएको थियो । शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको नेपाल शनिबार बंगलादेशको हाई पर्फर्मेन्स टोलीसँग पराजित भयो ।
होबार्ट पनि हालसम्म जितविहीन छ । पहिलो खेलमा भिक्टोरियासँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशको टोलीसँग पराजित भएको थियो ।
होबार्टको टोलीमा अस्ट्रेलियाबाट खेलिसकेका बिली स्टानलेकसहित गत संस्करण खेलेका टिम वार्ड, ब्राडली होप, गेब बेल, निवेथन राधाकृष्णन, ज्याक कर्टेन, मार्कस बिन, राफ म्याकमिलनले यसपटक पनि खेल्दै छन् ।
स्टानलेकसहित टिम वार्ड, मार्कस बिन, जेक डोरान, राफ म्याकमिलनले बिग ब्यास लिगमा समेत खेलिसकेका छन् ।
होबार्टले गत संस्करण ६ खेलमा २ खेल मात्र जित्दै १० टिममध्ये नवौं स्थानमा फिनिस गरेको थियो ।
नेपालको टोली : अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल
होबार्टको टोली : केसी बार्टन, मार्कस बिन, गेब बेल, लाचलान क्लार्क, ज्याक डोरान, ज्याक कर्टेन, ब्राड होप, राफ म्याकमिलन, केलन मलाडे, निवेथन राधाकृष्णन, नितेश स्यामुअल, बिली स्ट्यानलेक, टिम वार्ड, टिग विलाई
प्रतिक्रिया 4