+

चेल्सीले फुलहमलाई हरायो

२०८३ भदौ  ९ गते ७:३० २०८३ भदौ ९ गते ७:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेल्सीले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई ३–२ ले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
  • फुलहमको मैदानमा जोआओ पेड्रोले पहिलो मिनेटमै चेल्सीलाई अग्रता दिलाए, तर जोश किङले २३औं मिनेटमा बराबरी गोल फर्काए ।
  • मोर्गन रोजर्स र कोल पाल्मरको गोलपछि गोन्जालो गार्सियाले ५४औं मिनेटमा अन्तर घटाए पनि फुलहमले बराबरी गर्न सकेन ।

९ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले फुलहमलाई ३–२ ले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

फुलहमको मैदानमा भएको खेलमा चेल्सीले पहिलो मिनेटमै जोआओ पेड्रोको गोलबाट अग्रता लिएको थियो । तर २३औं मिनेटमा जोश किङले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो ।

४१औं मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए भने दोस्रो हाफको ४९औं मिनेटमा कोल पाल्मरले तेस्रो गोल थपे ।

फुलहमका लागि गोन्जालो गार्सियाले ५४औं मिनेटमा गोल गर्दै अन्तर घटाए पनि त्यसपछि बराबरी गोल गर्न नसक्दा चेल्सीले ३–२ को जित हात पार्‍यो ।

इंग्लिस प्रिमियर लिग चेल्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय