+

अभ्यास खेलमा मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

२०८३ भदौ  ९ गते ११:१४ २०८३ भदौ ९ गते ११:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी प्रिमियर कपको तयारीका लागि भएको अभ्यास खेलमा मलेसियाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो, जहाँ मुहम्मद स्याहादात रामलीले ६१ रन बनाए ।
  • नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३६ रन दिएर ४ विकेट लिए, र नेपालले मलेसिया आउनुअघि कर्नाटकसँग दुई अभ्यास खेल जितेको थियो ।

९ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको तयारीका लागि भइरहेको अभ्यास खेलमा मलेसियाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा अलआउट हुँदै २३२ रन बनाएको हो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए ।

सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० तथा विरानदीप सिंहले ३९ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३६ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

नेपालले मलेसिया आउनुअघि भारतमा कर्नाटकसँग भएको दुई अभ्यास खेल जितेको थियो ।

अभ्यास खेल नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय