+

टप एन्ड टी-२० सिरिजमा नेपालले एसीटी कोमेट्ससँग खेल्दै

२०८३ भदौ  १० गते ८:३६ २०८३ भदौ १० गते ८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टप एन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी कोमेट्ससँग दिउँसो सवा ३ बजेदेखि खेल्दै छ।
  • नेपाल ए ले सुरुवाती दुई खेलमा हार बेहोरेपछि सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई हराउँदै पहिलो जित निकालेको थियो।
  • ३ खेल खेलेको एसीटी कोमेट्सले यसअघि किङ्समेन, भिक्टोरिया सीए ११ र एनटी स्ट्राइकसँग हार बेहोरेको छ।

१० भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) कोमेट्ससँग खेल्दै छ ।

नेपाल ए र एसीटीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । सुरुवाती दुई खेलमा पराजित भएको नेपाल ए ले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई हराउँदै पहिलो जित हासिल गरेको थियो ।

एसीटी हालसम्म जितविहीन छ । ३ खेल खेलेको एसीटी कोमेट्स किङ्समेन, भिक्टोरिया सीए ११ र एनटी स्ट्राइकसँग पराजित भएको छ ।

मुख्य पहिलो श्रेणीको ‘सेफिल्ड सिल्ड’ प्रतियोगितामा भाग नलिने भएतापनि एसीटीको टोलीले क्रिकेट अस्ट्रेलियाको दोस्रो श्रेणी र राष्ट्रिय विकासमूलक प्रतियोगिताहरूमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ ।

विशेष गरी ‘टोयोटा नेसनल सेकेन्ड इलेभेन’ प्रतियोगिता र डार्विनमा आयोजना हुने ‘टप एन्ड’ जस्ता प्रतिष्ठित खेलहरूमा यो टोलीले प्रतिस्पर्धा गर्छ ।

कप्तान निक ब्रोएसको नेतृत्वमा रहेको यो टोलीमा विष्फोटक ब्याटिङका लागि चिनिएका ह्यारी थोमस, उत्कृष्ट अलराउन्डर टाइलर भ्यान लुइन र जेक स्मिथ जस्ता खेलाडीहरू छन् ।

नेपालको टोली : अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल

एसीटी कोमेट्सको टोली : निक ब्रोएस (कप्तान), निक एलेन, काई ब्रन्कर, डेभ दुवे, टम होगन, डिक्सन हन्टर, ज्याक किओग, ज्याक मरोन, जित मेहता, एसाम रहमान, जेक स्मिथ, ह्यारी थोमस, अन्श तिवारी, र टाइलर भ्यान लुइन

टप एन्ड टी-२० सिरिज नेपाल ए क्रिकेट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय