+

एनएसएसएफ र नेपाल क्लाइम्बिङ संघबीच सम्झौता

२०८३ भदौ  १० गते २१:४५ २०८३ भदौ १० गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनबीच विद्यालयस्तरदेखि क्लाइम्बिङ खेल विकास गर्न सहकार्य सम्झौता भएको छ।
  • सम्झौतामा विद्यालयस्तरमा क्लाइम्बिङको प्रवर्द्धन, विकास र विस्तार गर्दै आईएसएफअन्तर्गतका प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
  • अध्यक्ष विनोद श्रेष्ठले यो सम्झौता विद्यालय तहदेखि क्लाइम्बिङलाई व्यवस्थित रूपमा विकास गर्ने महत्वपूर्ण सुरुवात भएको बताए।

१० भदौ, काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) बीच विद्यालयस्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य सम्झौता भएको छ ।

बुधबार भएको कार्यक्रममा एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका अध्यक्ष रमेशकुमार पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार विद्यालयस्तरमा क्लाइम्बिङ खेलको प्रवर्द्धन, विकास र विस्तार गर्दै एनएसएसएफ तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसन (आईएसएफ) अन्तर्गतका प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता थप प्रभावकारी बनाइने लक्ष्य राखिएको छ ।

अध्यक्ष विनोद श्रेष्ठले यो सम्झौता केवल औपचारिक हस्ताक्षर नभई विद्यालय तहदेखि क्लाइम्बिङलाई व्यवस्थित रूपमा विकास गर्ने महत्वपूर्ण सुरुवात भएको बताए । उनले यस खेलमार्फत नेपालको साहसिक खेल र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका अध्यक्ष रमेशकुमार पौडेलले नेपालमा क्लाइम्बिङको सम्भावना व्यापक रहेको उल्लेख गर्दै विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्न एनएसएसएफसँगको सहकार्य महत्वपूर्ण हुने बताए ।

एनएसएसएफका महासचिव राजकुमार कार्कीले ग्रासरुट तहमा सञ्चालन भइरहेका क्लाइम्बिङ गतिविधिलाई पहिचान गरी भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा यो सहकार्यले टेवा पुग्ने बताए ।

एनएसएसएफ नेपाल क्लाइम्बिङ संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय