News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोनाका खेलाडीले नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीका पीडितको सम्झनामा क्याम्प नोउमा एक मिनेट मौनधारण गरेका छन्।
१२ भदौ, काठमाडौं । नेपालमा भएको बाढीको सम्झनामा स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले एक मिनेट मौनधारण गरेका छन्। आज बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा खेलअघि खेलाडीले मौनधारण गरेका हुन् ।
क्लबले समाजकि सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको छ । ‘गत सिजनमा निधन भएका बार्सिलोनाका सदस्यहरूका साथै नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीबाट पीडितहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो’ बार्सिलोनाले फोटोसहित यो जानकारी पोस्ट गरेको छ ।
बार्सिलोनाले ला लिगामा यो सिजिनको दोस्रो खेल एथलेटिक क्लबसँग खेलेको हो । खेलमा २–० को जित निकाल्न सफल भयो । राफिन्हाले ३७औं र फेमिन लोपेजले ८२औं मिनेटमा गोल गरी टोलीलाई सहज जित दिलाए ।
विश्वकपलगत्तै म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका रोड्रीले बार्सिलोनाबाट डेब्यू गरेका छन् । उनी ६२औँ मिनेटमा मैदान छिरेका थिए । बार्सिलोनाले यस सिजनका सुरुवाती दुवै खेल जितेको छ ।
A respectful minute of silence was held in memory of the FC Barcelona members who passed away during the course of the past season, as well as the victims of the devastating floods along the border between Nepal and China. pic.twitter.com/Y23lO1SoXB
— FC Barcelona (@FCBarcelona) August 27, 2026
प्रतिक्रिया 4