+

बलिङमा शानदार पुनरागमन गर्दै दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

२०८३ भदौ  ११ गते १३:४१ २०८३ भदौ ११ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा मलेसियालाई २७ रनले पराजित गरेको छ ।
  • पहिले ब्याटिङ गरेको नेपाल ४१.४ ओभरमा १७० रनमा अलआउट हुँदा रोहित पौडेलले ६१ रन बनाए र गुल्शन झासँग ५९ रनको साझेदारी गरे ।
  • १७१ रनको लक्ष्य पछ्याएको मलेसिया ४०.१ ओभरमा १४३ रनमा समेटियो, जसमा ललित राजवंशीले ३ विकेट लिए ।

११ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ । नेपालले २७ रनको जित निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्‍यो ।

पहिले ब्याटिङ गरेको नेपाल ४१.४ ओभरमा १७० रनमा अलआउट भएको थियो । एक समय ३८–५ को संकटमा परेको नेपाललाई रोहित पौडेलले ६१ रनको उत्कृष्ट इनिङ्स खेल्दै उकासे ।

उनले गुल्शन झासँग ५९ रन र सन्दीप लामिछानेसँग ४७ रनको महत्वपूर्ण साझेदारी गरे । गुल्शनले ४५ रन बनाए ।

मलेसियाका अकिल वाहिदले ४ विकेट लिए भने सैयद अजिजले ३, रिजवान हैदरले २ र मोहम्मद आमिर अजिमले १ विकेट लिए ।

१७१ रनको लक्ष्य पछ्याएको मलेसियाले ९४–१ को बलियो अवस्था बनाए पनि त्यसपछि नेपाली बलरहरूले लगातार विकेट झार्दै खेल पल्टाए । मलेसिया ४०.१ ओभरमा १४३ रनमै समेटियो ।

नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए । सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान २–२ विकेट हात पारे भने हेमन्त धामीले १ विकेट लिए ।

मलेसियाका अकिल वाहिदले ५६ र नाजमुस साकिबले ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

अभ्यास खेल एसीसी प्रिमियर कप नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय