News Summary
Generated by OK AI. Editorially reviewed.- रोड टु युएफसीको फाइनल पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटले बाढीका कारण नेपालमा गाह्रो अवस्था रहेको भन्दै सहयोग गर्न आग्रह गरे।
- ढाँटले न्युजिल्यान्डका कासिब मर्डाकलाई हराएर फाइनल पुगेका हुन् र अब योर ताजिमासँग खेल्नेछन्।
- ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।
१२ भदौ, काठमाडौं । रोड टु युएफसीको फाइनलमा पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटले नेपालको हालको अवस्था गाह्रो रहेको र सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
शुक्रबार खेलपछि कुरा गर्दै उनले सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका हुन् ।
‘अहिले नेपालमा धेरै नै गाह्रो अवस्था भइराखेको छ बाढीहरुले गर्दाखेरि । कृपया आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुहोला’ उनले भने ।
न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराएर फाइनल पुगेका ढाँटले अब योर ताजिमासँग फाइनलमा खेल्नेछन् ।
ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल पुगेका थिए ।
फाइनल जित्ने फाइटर युएफसीका लागि छनोट हुनेछन् ।
प्रतिक्रिया 4