+

‘प्लेयर अफ द म्याच’ हुँदा पाएको रकम अइमल खानले बाढीपीडितका लागि सहयोग गर्ने

२०८३ भदौ  १९ गते २०:४९ २०८३ भदौ १९ गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको पहिलो खेलमा सगरमाथा स्म्यासर्स विजयी भयो र अइमल खान प्लेयर अफ द म्याच बने ।
  • अइमल खानले प्लेयर अफ द म्याचबापतको २० हजार रुपैयाँ बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने घोषणा गरे ।
  • सगरमाथाका सबै खेलाडीले पहिलो खेलमा जर्सीमा प्रधानमन्त्री दैवी प्रकोप कोषको क्यूआर कोड राखेका थिए ।

१९ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा सगरमाथा स्म्यासर्सले विजयी सुरुवात गर्दा प्लेयर अफ द म्याच बनेका सगरमाथाका अइमल खानले उक्त अवार्डबापतको रकम बाढीपीडितका लागि सहयोग गर्ने भएका छन् ।

पाकिस्तानका अइमलले प्लेयर अफ द म्याचमार्फत आएको २० हजार रुपैयाँ बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

यस्तै पहिलो खेलमा सगरमाथाका सबै खेलाडीले जर्सीमा प्रधानमन्त्री दैवी प्रकोप कोषको ‘क्यूआर कोड’ राखेका थिए ।

अइमल खान नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय