+

फुटबलर भरत खवास मेजर पदमा बढुवा

२०८३ भदौ  १९ गते १६:५८ २०८३ भदौ १९ गते १६:५८

१९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपाली सेनाको मेजर पदमा बढुवा भएका छन् ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएका खवास यसअघि क्याप्टेन पदमा कार्यरत थिए ।

पछिल्लो समय उनी बाढीपीडितको उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिइरहेका छन् ।

उद्धार अभियानकै बीच नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उनलाई मेजरको फुली लगाइएको हो ।

तस्वीर : शंकर गिरी

भरत खवास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय