News Summary
Generated by OK AI. Editorially reviewed.- करातेकी एरिका गुरुङले लगातार तेस्रो पटक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड जितेकी छन् ।
- बक्सिङका चन्द्र बहादुर थापा मगरले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जिते ।
- करातेको वर्चस्व रहेको अवार्ड समारोहमा भलिबलकी मिना सुनारले पिपुल्स च्वाइस अवार्ड जितिन् भने कुमार मोहन बहादुर शाहीले लाइफटाइम अचिभमेन्ट अवार्ड पाए ।
१८ भदौ, काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा करातेको वर्चस्व रहँदा करातेकी स्टार खेलाडी एरिका गुरुङले लगातार तेस्रो पटक उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा बिहीबार काठमाडौंमा सक्पन्न २३औं संस्करणको अवार्ड कार्यक्रममा एरिकाले वर्ष खेलाडी महिला विधाको अवार्ड जित्दै इतिहास रचेकी हुन् । नेपालमा मात्र नभएर विश्व करातेमै नाम कमाउन सफल एरिकाले यस विधामा लगातार तेस्रो पटक अवार्ड उचाल्दै ह्याट्रिक गरेकी हुन् ।
यस्तै पुरुषतर्फ बक्सिङका चन्द्र बहादुर थापा मगरले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जिते ।
कूल ९ विधामा अवार्ड प्रदान गरिदा करातेले मात्र वर्षको उत्कृष्ट महिला खेलाडीसहित ४ अवार्ड जितेको थियो ।
करातेका प्रशिक्षक कुशल श्रेष्ठले उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्दा करातेकै मनिषा कुमार बोहराले उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारिन् ।
यस्तै लामो समयदेखि नेपाली करातेमा विभिन्न विधामा योगदान दिँदै आएका प्रशिक्षक तथा रेफ्री ध्रुव विक्रम मल्लले स्पेशल अवार्ड प्राप्त गरे ।
यस बाहेक राष्ट्रिय महिला भलिबल टिमकी मिना सुनारले पिपुल्स च्वाइस अवार्डको जितिन् ।
यस्तै ब्याडमिन्टनमा पूर्व राष्ट्रिय खेलाडी कुमार मोहन बहादुर शाहीलाई लाफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।
नेपाली राष्ट्रिय महिला ब्लाइन्ड क्रिकेट टिमकी सदस्य सुस्मा तामाङले पारा एथलेट सम्मान प्राप्त गरिन् भने भारतीय पत्रकार सवानायकनले एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड पाए ।
वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, उत्कृष्ट प्रशिक्षक र पिपुल्स च्वाइस विधाको विजेताले पल्सर मोटरबाइक प्राप्त गरे । पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानितलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गरियो ।
चन्द्र उत्कृष्ट पुरुष खेलाडी
नेपाली बक्सिङलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै पदक जित्न सफल चन्द्र उत्कृष्ट पुरुष खेलाडी घोषित भए । उनले संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) पुरुष विश्व च्याम्पियनपसिपमा कांस्य पदक जितेर इतिहास रचेका थिए ।
उनी विश्व बक्सिङमा पदक जित्ने पहिलो र एक्लो नेपाली बक्सर हुन् ।
उक्त पदक वापत करोड भन्दा बढी रकम पुरस्कार पाएका मुक्केबाज चन्द्रले यस पटक उत्कृष्ट पुरुक्ष खेलाडी बन्ने क्रममा गत वर्षका विजेता क्रिमेछर दीपेन्द्रसिंह ऐरी, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्यलाई पछि पारे ।
एरिकाको ह्याट्रिक
एरिका गुरुङ कराते मात्र नभएर नेपाली खेलकुदकै स्टार खेलाडीको रुपमा छिन् । उनले लगातार तेस्रो पटक उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्दै ह्याट्रिक गरिन् ।
उत्कृष्ट महिला खेलाडी बन्ने क्रममा उनले करातेकै टिममेट सानुमाया थिङ र सविना श्रेष्ठ तथा एथलेटिक्सकी कीर्तिमानी खेलाडी सन्तोषी श्रेष्ठ र फुटबलकी साबित्रा भण्डारी (साम्बा) लाई पछि पारिन् ।
एरिकाले गतवर्ष मोरक्कोको रावतमा सम्पन्न कराते वान प्रिमियर लिगको ६८ केजीमाथि तौल समूहमा कांस्य पदक जित्दै ऐतिहासिक सफलता हात पारेकी थिइन् ।
त्यसपछि उनले टर्कीको इस्तानबुलमा भएको डब्लुकेएफ कराते वान प्रिमियर लिग रजत पदक, चीनमा सम्पन्न डब्लुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिजमा स्वर्ण र थाइल्यान्ड ओपनमा एकल र टिम फाइटमा स्वर्ण जितेकी थिइन् ।
पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी एरिकाले अपवादलाई छाडेर कुनै न कुनै भित्र्याइरहेकी छिन् । सन् २०२३ मा चीनको हान्झाउमा सम्पन्न १९औं एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेपछि चर्चामा आएकी एरिकाले त्यसपछि पछाडी फर्केर हेर्नुपरेको छैन ।
करातेका कुशल उत्कृष्ट प्रशिक्षक
पछिल्लो समय नेपाली कराते र एरिका गुरुङले अन्तर्राष्ट्रिय स्तरमा हात पारेको सफलतामा एक जना पर्दा पछाडि पात्र छन् कुशल श्रेष्ठ । उन प्रशिक्षक कुशल श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते ।
स्टार खेलाडी एरिकालाई अन्तर्राष्ट्रिय करातेमा सफलता दिलाउन कुशल श्रेष्ठको महत्वपूर्ण भूमिका छ । उनी नेपाली करातेमा कुशल प्रशिक्षकको रुपमा चिनिएका छन् ।
गत वर्ष रेहान जाबेद र मनिषा कुमारी बोहोराको उपलब्धिमा पनि उनको विशेष योगदान रहेको थियो । कुशलले दोस्रो पटक उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन् । उनले २ औं संस्करणमा पनि उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका थिए ।
कुशलले यस पटक बक्सिङका दीपक महर्जन, करातेका मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेट प्रशिक्षक पुरन सिंह खत्रीलाई पछि पारे ।
करातेकै मनिषा उत्कृष्ट युवा खेलाडी
यस पटक स्पोर्ट्स अवार्डमा करातेकी मनिषा कुमारी बोहरा उत्कृष्ट युवा वर्ष खेलाडी बनेकी छन् । उनले करातेकै रेहान जाबेद, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तवलाई पछि पारे ।
मनिषाले गत वर्ष चीनमा भएको एसियन २३औं क्याडेट, जुनियर तथा यु–२१ कराते च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् । यस्तै श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा मनिषाले नेपाललाई दुई स्वर्ण पदक दिलाइन् ।
भलिबलकी मिना चर्चित खेलाडी
राष्ट्रिय खेल भलिबलबाट मिना सुनारले यस स्स्करणमा पिपुल्स च्वाइसको अवार्ड जितिन्न । स्पोर्ट्स अवार्डमा विशेषगरी पिपल्स च्वाइस अवार्डमा भलिबलकै वर्चस्व रहँदै आएकव छ । २३औं संस्करणमा पनि नेपाली महिला भलिबल टिमकै युवा स्पाइकर मिनाले त्यो लय कायम राखिन् ।
खल्ती बाइ आइएमइबाट प्राप्त भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा मिना बाँकी चार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनिन् ।
केही समयअघि घरेलु कवर्टमा भएको काभा महिला भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी मिना हाल सिनियर टिमको सदस्य छिन् । उनी जापानमा हुने २०औं एसियन गेम्सको लागि राष्ट्रिय टिममा समावेश छिन् ।
उनलले सर्वाधिक २९.४ प्रतिशत मत प्राप्त गरिन् । यस पटक पिपल्स च्वाइज अवार्डको मनोनयनमा एमएमए फाइटर रविन्द्र ढाँट, फुटबलकी पुजा राना, कराँतेकी सानुमाया थिङ र क्रिकेटका शेर मल्ल थिए ।
रोड टु युएफसी सिजन फाइटको फाइनलमा पुग्दै इतिहास रहेका ढाँटले २४.५३ प्रतिशत मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेका रहेकी सानुमायाले १८.४८ प्रतिशत मत प्राप्त गरिन् । पुजा चौथो र शेर पाँचौ स्थानमा रहे ।
कुमार मोहनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
ब्याडमिन्टनमा जीवन समर्पण गरेका कुमार मोहन बहादुर शाही लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।
८३ वर्षीय शाही एसियाली खेलकुद खेल्ने ब्याडमिन्टनका पहिलो पुस्ताका खेलाडी हुन् । उनी ब्याड्मिन्टनसँगै फुटबल, टेबल टेनिस, टेनिस र ब्याडमिन्टनका उम्दा खेलाडी थिए ।
सन् १९७२ मा भएको आमन्त्रण ब्याड्मिन्टन प्रतियोगितामा शाहीले त्यसबेलाका विश्व नम्बर एक खेलाडी चिनका ली लाई पराजित गरेका थिए । जसले ठूलो चर्चा पाएको थियो ।
उमेरले पाकोपन भएपनि कोर्टसँगको उनको सम्बन्ध नटुटाएका उनी अझै पनि र्याकेट समातेर कोर्टमा उत्रिन्छन् । उनको यो अनवरत यात्रा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।
ध्रुव विक्रम मल्ललाई स्पेसल अवार्ड
यस पटक करातेले वर्षको उत्कृष्ट तीन अवार्ड मत्र होइन स्पेशल अवार्ड पनि जित्यो । यस अवार्डमा कुनै मनोनयन थिएन । तर लामो समयदेखि करातेमा लागिरहेका र समाजसेवामा पनि उत्तिकै सक्रिए कराते प्रशिक्षक धुव्र विक्रम मल्लाई स्पेश अवार्ड प्रदान गरियो ।
२०४८ सालमा आफुले खोलेको बालाजु कराते डो एकेडेमीमार्फत मल्लले एक से एक उत्कृष्ट अन्तर्राष्ट्रिय कराते खेलाडीहरु जन्माएर आफूलाई अब्बल प्रशिक्षक सावित गरेका छन् । सन् २०१४ मा कोरियामा भएको इन्चो एसियाली खेलकुदका कांस्य पदक जित्ने विमला तामाङदेखि साग खेलकुदमा स्वर्ण पदक दिलाउने दर्जनौं पदकधारी खेलाडी उनले नेपाली करातेलाई दिएका छन् ।
अल्ट्रा म्याराथन मिरा राई जस्ता विश्व चर्चित खेलाडी उनका उत्पादन हुन् । उनी खेलाडीलाई सिकाउने मात्र होइन, आर्थिक अभाव भएकाहरुलाई निशुल्क रुपमा पढाउने, हुर्काउने र अन्तर्राष्ट्रिय प्रतियोगिता सम्म पुर्याउने गरिरहेका छन् ।
सुषमालाई पारा एथलिट सम्मान
नेपाललाई प्रथम दृष्टिविहिन महिला टी २० क्रिकेट को फाइनलसम्म पुर्याउन विशेष योगदान दिने सुष्मा तामाङलाई पारा एथलेट सम्मान प्रदान गरियो ।
सुष्मा पुर्णरुपमा दृष्टि गुमाएकी अर्थात बी वान क्याटगोरीकी क्रिकेट खेलाडी हुन् । तर मैदानमा भने उनी अब्बद प्रदर्शन गर्छिन् । भारत र श्रीलंकाको सहआयोजनामा भएको पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणमा नै नेपाल उपविजेता बन्दा उनको पनि महत्वपुर्ण योगदान थियो । उनी बी वान क्याटेगोरीमा प्लेअर अफ दि सिरिज घोषित भइन् ।
एसियन स्पोर्ट्स जर्नलिस्ट्स अवार्ड नायकनलाई
यस पटक एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भारतका खेल पत्रकार सबा नायकनले प्राप्त गरे । मञ्चले हरेक वर्ष एसियाका एक खेल पत्रकारलाई सम्मानित गर्दै आएको छ ।
यस वर्ष एसियन स्पोर्ट्स जर्नलिस्ट्स अवार्डबाट सम्मानित भएका नायकन अन्तर्राष्टिय स्पोर्ट्स जर्नलिस्ट फेडरेसन्स एआइपिएसका केन्द्रीय सदस्य तथा एआइपिएसका उपाध्यक्ष समेत हुन् । उनीसँग दि हिन्दु, इन्डियन एक्सप्रेस र टेलिग्राफमा काम गरेको अनुभव छ । उहाँको अवार्ड एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले ग्रहण गरेका थिए ।
प्रतिक्रिया 4