+

एनएसजेएफ स्पोर्ट्स अवार्ड : चन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित

२०८३ भदौ  १८ गते २०:०९ २०८३ भदौ १८ गते २०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनएसजेएफ स्पोर्ट्स अवार्डमा बक्सिङका चन्द्रबहादुर थापा वर्ष उत्कृष्ट पुरुष खेलाडी र करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएका छन्।
  • एरिकाले लगातार तेस्रो पटक उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्दै यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनेकी छन्।
  • भलिबलकी मिना सुनारले २९.०४ प्रतिशत मतसहित पिपल्स च्वाइस अवार्ड जितेकी छन्, भने कराते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बनेका छन्।

१८ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्डमा बक्सिङका चन्द्रबहादुर थापा वर्ष उत्कृष्ट पुरुष खेलाडी तथा करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् ।

एरिकाले लगातार तेस्रो पटक उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्दै नयाँ इतिहास रचेकी छन् । लगातार तीन पटक यो अवार्ड जित्ने उनी पहिलो खेलाडी बनेकी हुन् ।

पिपल्स च्वाइस अवार्ड भलिबलकी मिना सुनारले जितेकी छन् । उनले रवीन्द्र ढाँट, सानुमाया थिङ, पूजा राना र शेर मल्ललाई पछि पार्दै २९.०४ प्रतिशत मत प्राप्त गरिन् । रवीन्द्रले २४.५३ प्रतिशत मत पाएका थिए ।

उत्कृष्ट प्रशिक्षकको अवार्ड कराते प्रशिक्षक कुशल श्रेष्ठलाई प्रदान गरिएको छ । एसियाली खेलकुदमा ऐतिहासिक पदक विजेता एरिका गुरुङका प्रशिक्षक श्रेष्ठले रेहान जाबेद, मनीषा कुमारी बोहोरा, सबिना श्रेष्ठ र पुष्पका लामालाई पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउने प्रशिक्षकका रूपमा योगदान दिएका छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी कुमार मोहन बहादुर शाहीलाई प्रदान गरिएको छ । उनलाई नेपाली ब्याडमिन्टनमा दीर्घकालीन योगदानको सम्मानस्वरूप उक्त अवार्ड प्रदान गरिएको हो ।

उत्कृष्ट पारा खेलाडीको अवार्ड ब्लाइन्ड महिला क्रिकेट टोलीकी सुस्मा तामाङले प्राप्त गरेकी छन् ।

कराते खेलाडी मनीषा कुमारी बोहोराले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेकी छन् । उनी २३औँ क्याडेट, जुनियर तथा यू–२१ कराते च्याम्पियनसिपकी कांस्य पदक विजेता तथा नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप र ५६औँ राष्ट्रिय कराते च्याम्पियनसिपकी स्वर्ण पदक विजेता हुन् ।

त्यसैगरी, बालाजु कराते डोजोका सञ्चालक, कराते प्रशिक्षक तथा कराते रेफ्री ध्रुव बिक्रम मल्ललाई विशेष अवार्ड प्रदान गरिएको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

एरिका गुरुङ

चन्द्रबहादुर थापा

मोहन बहादुर शाही

मिना सुनार

कुशल श्रेष्ठ

सुस्मा तामाङ

मनीषा कुमारी बोहरा

ध्रुव विक्रम मल्ल
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड एनएसजेएफ स्पोर्ट्स अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय