+
+
Shares
त्रिशूली किनारका दृश्य :

सर्वस्व गुमाएर उठ्ने जमर्को (तस्वीरहरू)

बाढी प्रभावित क्षेत्रका स्थानीयहरू पुन: उठ्ने जमर्को गर्दैछन् । हिजो (शनिबार) नुवाकोटको त्रिशूली, बेत्रावती र देवीघाट बजार क्षेत्र पुग्दा स्थानीयहरू भग्नावषेश केलाउँदै गरेका देखिन्थे ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ २८ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० को भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङका नदीकिनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ ।
  • हजारौं नागरिक बेपत्ता छन्, १३०० भन्दा बढी शव फेला परेका छन्, र हजारौं घरपरिवार विस्थापित भएका छन् ।
  • सरकारले विस्थापितका लागि राहत प्याकेज र पुनर्स्थापना काम अघि बढाएको छ, भने प्रभावित स्थानीयहरू भग्नावशेष केलाउँदै पुनः उठ्ने प्रयास गरिरहेका छन् ।

२८ भदौ, नुवाकोट । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका नदी किनारमा ठूलो क्षति गर्‍यो ।

हजारौं नागरिक अझै बेपत्ता छन् । तेह्र सय बढीको शव फेला परसकेको छ । हजारौं घर परिवार विस्थापित भएका छन् ।

विशेषगरी रसुवाको रसुवागढी, टिमुरे, खाल्टे लगायतका नदी आसपासका बस्ती तहसनहस भएका छन् । नुवाकोटको त्रिशूली बजार, बेत्रावती, देवीघाट लगायतका बस्ती ध्वस्त बने । यता धादिङको पनि गल्छीसम्मै पर्ने त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको छ ।

सरकारले विस्थापितहरूका लागि विभिन्न राहत प्याकेज अघि बढाएको छ भने पुनर्स्थापनाका कामहरू पनि अघि बढाएको छ ।

यसैबीच बाढी प्रभावित क्षेत्रका स्थानीयहरू पुन: उठ्ने जमर्को गर्दैछन् । हिजो (शनिबार) नुवाकोटको त्रिशूली, बेत्रावती र देवीघाट बजार क्षेत्र पुग्दा स्थानीयहरू भग्नावषेश केलाउँदै गरेका देखिन्थे ।

मन भारी बनाएर उनीहरू विस्तारै आफ्ना थातथलो खोतल्ने प्रयास गरिरहेका भेटिए ।

सो क्षेत्रका केही तस्वीरहरू–

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?