+
+
Shares

त्रिशूलीको छालले हिर्काउँदा बैचन तारूकाघाट र दर्शनटार (फोटो फिचर)

अहिले पनि त्रिशूली नदी बढ्ला र घरबार सबै बगाउला कि भन्ने त्रास स्थानीयमा देखिन्छ । केहीको घर नै आधा बगाइसकेको छ भने खेतबारी धमाधम कटान गरिरहेको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ २० गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशूली नदीले धादिङको गल्छी हुँदै देवीघाटधाम जाने बाटोको किनारमा रहेको बस्ती र खेतबारी कटान गरिरहेको छ।
  • नुवाकोटको तारूकाघाट र दर्शनटार क्षेत्रमा केही घर आधा बगिसकेका छन् भने स्थानीय त्रिशूली बढ्ने र बस्ती सखाप हुने त्रासमा छन्।
  • वर्षा बढेसँगै त्रिशूलीको छालले रातभर निदाउन नसकेको र सरकारले बस्ती जोगाउन ध्यान दिनुपर्ने माग सामाजिक सञ्जालमा उठिरहेको छ।

२० भदौ, काठमाडौं । केही दिन अघि सामाजिक सञ्जालमा एउटा भिडियो ट्रेन्डिङमा थियो । भिडियोमा त्रिशूली नदीले रातो बलौटे माटो धमाधम कटान गरिरहेको थियो ।

कटान भइरहेको क्षेत्रमाथि एउटा बस्ती देखिन्थ्यो ।

वारिबाट भिडियो कैद गरिरहेका व्यक्ति ‘के हुन लाग्यो यस्तो, सखाप बनाउने भयो’ लगायत भन्दै थिए । उक्त दृश्य सेयर गर्दै सञ्जाल प्रयोगकर्ताहरू अहिले पनि बस्ती सुरक्षित गराउन सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

यसैबीच शनिबार अनलाइनखबरले सो क्षेत्रका तस्वीरहरू कैद गरेको छ । धादिङको गल्छी हुँदै देवीघाटधाम पुग्ने बाटोमा पर्ने त्रिशूली नदी किनारको क्षेत्र हो, यो ।

यहाँ अहिले पनि त्रिशूली नदी बढ्ला र घरबार सबै बगाउला कि भन्ने त्रास स्थानीयमा देखिन्छ । केहीको घर नै आधा बगाइसकेको छ भने खेतबारी धमाधम कटान गरिरहेको छ ।

हरेक साँझ वर्षा बढेसँगै यो क्षेत्रका स्थानीयको मुटु हल्लिइरहन्छ । त्रिशूलीको छालले बारीका भित्तामा हिर्काउँदा स्थानीय रातभर निदाउन सकेका छैनन् ।

हेर्नुस् नुवाकोटको तारूकाघाट र दर्शनटारका केही तस्वीरहरू–

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?