+
+
Shares

कैलालीमा सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल र एक किलो चरेस बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते ८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको कैलारी गाउँपालिका–७ भुईयाफाँटा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र एक किलो ५० ग्राम चरेस बरामद गरेको छ।
  • बीओपी भुईंयाफाँटाको टोलीले शुक्रबार गस्तीका क्रममा बेवारिसे अवस्थामा पेस्तोल र चरेस फेला पारेको थियो।
  • बरामद सामग्री थप अनुसन्धान र कारवाहीका लागि शनिबार नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

२१ भदौ, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले चरेससहित कटुवा पेस्तोल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुईंयाफाँटाको टोलीले कैलारी गाउँपालिका–७ को पुरानो भुईयाफाँटा तीनकुनेको सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल र एक किलो ५० ग्राम चरेस बरामद गरिएको जनाएको छ ।

सशस्त्र प्रहरीकाअनुसार शुक्रबार सीमावर्ती क्षेत्रमा गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा पेस्तोल र लागुऔषध चरेस फेला परेको थियो ।

बरामद सामग्री थप अनुसन्धान स कारवाहीका लागि शनिबार नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?